धमाधम बन्दै रेलमार्ग
वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम दु्रतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुरुप भारत सरकारले सन् २०१५ सम्ममा जयनगरदेखि जनकपुर–बर्दिवाससम्म रेलमार्ग विस्तार गर्ने योजना बनाए पनि त्यसको काम भने सन् २०११ को माघ महिनादेखि मात्र शुरु भएकोे हो । सो ब्रोडगेज रेल मार्गको लिक निर्माण कार्यअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म रेल सञ्चालनका लागि स्लिपर, ब्लाष्ट र लिक ओछ्याउने कामले तीव्र गति लिएको छ । पूर्वी धनुषाको बैदेहीदेखि खजुरीसम्मको रेलमार्गमा हाल ब्लाष्ट राखेर स्लिपर र लिक राख्ने काम भइरहेको नेपाल रेल्बे जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले राससलाई बताउनुभयो । हालसम्म विभिन्न ठाउँ गरी दुई किलोमिटर जतिमा रेल्बे लिक राख्ने काम पूरा भइसकेको छ भने खजुरी स्टेशनमा यात्रु शाखा स्टेशन र कर्मचारी भवनलगायतका निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।पूर्वी धनुषाको इर्नवादेखि खजुरीमा रेल्बे लिक राख्ने उपकरण तथा सामान भण्डारण गरिएको छ भने आउँदो एक महिनाभित्र लिक राख्ने सम्पूर्ण काम सम्पन्न हुने गरी काम थालिएको बताइएको छ । पहिलो चरणअन्तर्गत जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा सन् २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म तथा तेस्रो चरणमा महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणको काम सम्पन्न हुने लक्ष्य रहेको प्राविधिकको भनाइ छ । भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा शुरु भएको ब्रोडगेज रेल परियोजनाअन्तर्गत भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म सिभिल कन्ट्रक्सनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यअनुरुप द्रुत गतिमा काम थालिएको इरकन इन्टरनेशनल प्रालिका सहायक प्रोजक्ट म्यानेजर अजित तिवारीले रासससँग बताउनुभयो । पहिलो चरणमा भारत सरकारले रेलमार्ग निर्माणका लागि रु पाँच अर्ब २९ करोड आर्थिक सहयोग गरेको थियो । पछि त्यसलाई बढाएर रु सात अर्ब २० करोड पु¥याएको हो । निर्माण कार्यअन्तर्गत ठेकेदार कम्पनी इरकन इन्टरनेशनलले भारतीय क्षेत्र जयनगरमा प्लेटफर्म निर्माणदेखि कर्मचारीको कार्यालय आवासगृहलगायतका भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ । ठेकेदार कम्पनीले सन् २०१७ को जुनसम्ममा जयनगर जनकपुर रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि नेपाली पक्षको उदासिनताका कारण सन् २०१८ मार्चसम्मका लागि म्याद थपिएको भारतीय ठेकेदार कम्पनी इरकनका इञ्जिनियर मोलुरामले बताउनुभयो ।

समाचार