PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

पेस्तोल देखाएर लुटपाट
भक्तपुर ।  भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । दश जनाको नकाबधारीले समूहले राति करिब २ः३० बजे लामा बस्दै आएको घरको पर्खाल नाघेर कम्पाउण्डमा प्रवेश गरी मुख्य ढोकाको भेन्टिलेटरको सिसा फुटाएर हात छिराइ ढोकाको चुकुल खोलेरभित्र पसेको प्रारिम्भक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार नकाबधारी समूहलेभित्र पसेर रिभल्वर देखाउँदै घरका १० जनाको परिवारको मोबाइल खोसेर सबैलाई डोरीले बाधेर लुटपाट गरेका हुन् । अनुसन्धानबाट लुटेराले १० वटा मोबाइल, एक मोटरसाइकल, करिब १८ तोला सुन, नगद रु एक लाख ६२ हजार लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ । पीडित लामाका अनुसार नकाबधारी समूहमा आएकाले एक जनाले पेस्तोल देखाएको, एक जनाले पेस्तोल बोकेको र अन्यले खुकुरी, रडलगायतका घरेलु हतियार लिएका थिए । हतियार देखाएर परिवारका सबैलाई कब्जामा लिई शुरुमै सबैको मोबाइल लिई हातखुट्टा बाँधेर आतंकित बनाएर लुटपाट गरेको उहाँको भनाइ छ । लामाले भन्नुभयो–“आमासहित सबै परिवारलाई नियन्त्रणमा लिए, मलाई आमालाई केही गर्लान भन्ने डर लाग्यो, मेरो आमालाई केही नगर, के चाहिन्छ लैजाऊ भनेपछि नगद, गहना, मोबाइल सबै लगे, मेरो होस् नै उड्यो ।

Naya Bimarsha

समाचार


जात्रा मनाउन अदालतको आदेश

सरकारको विकल्प खोज्न कांग्रेस सक्रिय

A Tribute to a Prince

कांग्रेसको निर्णयमा के छन् ?

चार मन्त्री सांसद मुक्त

कांग्रेस एक ढिक्का

`राजदम्पत्ति` भारत लाग्दा शंकैशंका

कोरोनाको सन्त्रासमा रात्रिकालिन व्यवसायी

सामाजिक सञ्जाल प्रयोगमा कडाइ

काँग्रेसले क्रियाशील विवाद सल्टाउँदै

तीनतिरको तानातानमा महन्थ

चोक्टा खान खोज्दा झोलमा डुबे चार मन्त्री

पत्रकारको निर्वाचनमा विपुलको पल्लाभारी

मेलम्ची व्यवस्थापनमा चुनौती, जस लिन हानथाप

चाणक्यले भनेका `भन्न नहुने चार कुरा`

मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक भएन ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2021 Naya Bimarsha. All Rights Reserved |