PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

बैंकहरूप्रति गभर्नर आक्रामक
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरूले निक्षेप संकलनको तुलनामा बढी कर्जा प्रवाह गर्दा वित्तीय क्षेत्रमा तरलता संकट देखिएको बताएका छन् । उनले निक्षेपभन्दा बढी कर्जा प्रवाह नगर्न बैंकहरूलाई चेतावनीसमेत दिए । ग्लोबल आईएमई बैंकको कमलादीस्थित नयाँ कर्पोरेट उद्घाटनपछि आयोजित समारोहमा गभर्नर नेपाल निकै कडा रूपमा प्रस्तुत भए ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उद्योगी व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको समारोहमा उनले बैंकरहरूलाई लक्षित गर्दै भने, ूतपाइँहरूले सञ्चालकलाई खुसी पार्न खोज्दा समस्या देखिएको हो, अझै मनपरी गर्न थाल्नुभयो भने कडाभन्दा कडा एक्सन लिनेछु, अब नो एक्सक्युज !ू गभर्नरले चालू आर्थिक वर्षको चार महिनामा १ खर्ब ६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब रूपैयाँ लगानी गरेका कारण ‘क्रेडिट क्रञ्च’ को अवस्था आएको तथ्यांक प्रस्तुत गरे । उनले अझै पनि ६० प्रतिशत जनता बैंकिङ पहँचभन्दा बाहिर रहेको उल्लेख गर्दै उक्त क्षेत्रमा गएर निक्षेप संकलन बढाउन सुझाव पनि दिए । सिआरआरबाहेक नै बजारमा अझै ४१ अर्ब रहेको तथा सरकारको ढुकुटीमा ३ अर्ब २८ अर्ब रूपैयाँ बचतमा रहेको उनको भनाइ छ । ूढुकुटीमा मौज्दात रहेको रकम कसरी उपयोग गरेर जाने भनेर अर्थ मन्त्रालयसँग राष्ट्र बैंकले छलफल पनि गरिरहेको छ,ू उनले भने ।

गभर्नर नेपालले मुलुकमा विकास निर्माणका कामले गति लिएको, औद्योगिक उत्पादन क्षमता वृद्धि भएको तथा पर्यटन क्षेत्र पनि चलायमान रहे पनि चालू खाता घाटामा गइ शोधनान्तर स्थितिसमेत ऋणात्मक रहेको बताए । अर्थतन्त्रको दिगो विकासका लागि निर्यात नै महत्वपूर्ण रहेको भन्दै उनले अहिलेको परनिर्भर अर्थतन्त्रबाट दिगो आर्थिक विकास सम्भव नरहेको बताए । रेमिट्यान्स आउन कम भइरहेको छ, रेमिट्यान्सको आम्दानी दिगो हैन भनेर मैले दशौं वर्षदेखि भन्दै आएको छु, उनले भने, ूकामदार लैजाने देशको राजनीतिक र आर्थिक स्थिति राम्रो भए मात्र लैजान्छन्, अर्कोतर्फ ति देशहरू विकसित हुनेवित्तिकै नेपाली श्रमिकजस्तो अदक्ष कामदारको माग नै हुँदैन ।

Naya Bimarsha

समाचार


अस्ट्रेलियामा भेटवालको योग शिवीर

राष्ट्रियसभाबाट को को जाँदैछन् ?

कम्युनिष्टको सदस्यता त्याग्ने नयाँ काइदा

उपनिर्वाचनले सिकाएको पाठ

Trouble on every side

भक्तपुरका जनतालाई नेकपा एलर्जी !

चुनाव जिताउन नसक्ने प्रजिअको सरुवा

अविवाहित सिडिईलाई बात लाग्यो

काँग्रेस नेतृत्व नै सच्चिनुपर्ने ठहर

भँडेल र राईले भत्काए वामपन्थी गढ

Contempt of Court case filed against Government and Gadhimai Temple Committee

गाउँ-गाउँबाट फेरि उठौँ !

हृदयघात सम्बन्धी यथार्थ

पिसाब पोल्ने समस्या के हो ?

निरोगी बन्न ३३ सुझाव

बैंकहरूप्रति गभर्नर आक्रामक

ते–क्वान्दोको ग्रेडिङमा खेलाडीहरु सहभागी
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |