PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

हृदयघातको संकेत बुझ्नु राम्रो
हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ । आज सबै ठीकठाक रहेको मानिस भोलि मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको पाइएको छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने नभई यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् ।

तर, हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्ने चिकित्सकहरुले बताउने गरेका छन् । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ । त्यसैले यहाँ त्यसको संकेत के कस्तो हुनसक्छ भनी यहाँ उल्लेख गरिएको छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।

छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु¥याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

Naya Bimarsha

समाचार


जात्रा मनाउन अदालतको आदेश

सरकारको विकल्प खोज्न कांग्रेस सक्रिय

A Tribute to a Prince

कांग्रेसको निर्णयमा के छन् ?

चार मन्त्री सांसद मुक्त

कांग्रेस एक ढिक्का

`राजदम्पत्ति` भारत लाग्दा शंकैशंका

कोरोनाको सन्त्रासमा रात्रिकालिन व्यवसायी

सामाजिक सञ्जाल प्रयोगमा कडाइ

काँग्रेसले क्रियाशील विवाद सल्टाउँदै

तीनतिरको तानातानमा महन्थ

चोक्टा खान खोज्दा झोलमा डुबे चार मन्त्री

पत्रकारको निर्वाचनमा विपुलको पल्लाभारी

मेलम्ची व्यवस्थापनमा चुनौती, जस लिन हानथाप

चाणक्यले भनेका `भन्न नहुने चार कुरा`

मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक भएन ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2021 Naya Bimarsha. All Rights Reserved |