PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

युरोपमा चम्केका नेपाली पत्रकारहरुको चम चम

गत ६ सेप्टेम्बर शनिबार पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको नेतृत्वको विषयमा एउटा अप्रिय निर्णय भयो । पार्टी मिसन पत्रकारिताको आँधी एक्कासी व्यावसायिक पत्रकारितामा बझारिंदा आएको तरंगले संसारभरका पत्रकारहरुलाई प्रभाव नपार्ने कुरै भएन । संसार भरिका पत्रकारहरुले पत्रकार महासंघ युरोप शाखालाई पार्टीकरण गरेको मन पराएनन् । उनलाई बर्खास्त गर्ने माग नागरिक समुदायबाट समेत उर्लियो ।  बेथितिबारे युरोप शाखामा गम्भीर चुनौती खडा भएको थियो । आकस्मित बैठकले शाखा अध्यक्ष निलम्बन गर्नुपर्ने प्रस्ताव सर्वसम्मत रुपले पारित ग¥यो । छोटोमा भन्दा कुरा यत्ति हो ।  

नेपाल पत्रकार महासंघ युरोप शाखा भित्र भैरहेका बेथितिका मूल बिषय के के हुन् र यसले संगठन भित्र र बाहिर कस्तो प्रभाव पारिरहेको अवस्था छ ?  के कारणले युरोप शाखा अध्यक्ष केजिन राईलाई निलम्बन गर्नु परेको हो ? अबको निकासको बाटो के होला ? जस्ता बिषयबारे संसारभरिका पत्रकारहरु माझ र विशेषगरी युरोपमा रहेको नेपाली समुदायहरुबीच स्पष्ट पार्न जरुरी देखिएकोले सम्बन्धित विषयमा केन्द्रित रहेर अलिक विस्तृत रुपमा तल प्रकाश पार्ने प्रयत्न गरिएको छ ।

क) विघटनको माग लज्जाको बिषय ः   

केजिन राई आफैंले  प्रस्ताव गरेको र केन्द्रीय अध्यक्षको प्रत्यक्ष संलग्नतामा स्थापना भएको नेपाल पत्रकार महासंघ, बेल्जियम शाखा विघटनको लिखित रुपमा माग गर्दै केन्द्रलाई पठाएको पत्र केहि समयअघि हामीलाई प्राप्त भएको छ । आस्थाकै कारण पत्रकार ओम शर्माले नेतृत्व गरेको बेल्जियम शाखालाई विघटनको माग गर्नु अत्यन्त लज्जाको बिषय हो ।

पत्रकार ओम शर्माले फरक दृष्टिकोणसहित संस्थाको साझा मर्म स्थापित गराउने मान्यता राखेकै कारण बेल्जियम शाखा विघटनको माग गरिएको बुझिन आउँछ । “शाखा संचालन पद्धतिको बारेमा चलिरहेका अन्तरविरोधहरुको कारण हदैसम्मको पूर्वाग्रह साँध्नु संस्थागत विचार र पद्धतीप्रति विश्वास गर्ने समर्थकहरुमाथिको आक्रमण हो । यो फरक आस्थामाथिको समेत निर्मम प्रहार हो ।’’  

त्यस्तै अर्को कुरा, बेल्जियम शाखा विघटनको माग केहिलाई सामान्य लागे पनि यो कदापि सामान्य परिघटना हैन । यो शाखाको मान र शाख केन्द्रीय अध्यक्षसँंग सोझै जोडिएर आउँछ । केन्द्रीय अध्यक्ष गोविन्द आचार्य स्वयम्को संग्लाग्नता र निर्देशनमा घोषणा गरिएको यो शाखाको विघटनको मागले संसारभरिका नेपाली अचम्मित भएका छन् । सम्बन्धित शाखाको बैठक नबसी, सरोकारवाला संयोजक वा समितिका कुनै पनि साथीहरुसँंग छलफल नगरी लहडमा  बेल्जियम शाखाको विघटनको माग गरिएको छ । केन्द्रसंँग पनि कुनै परामर्श लिएइएको छैन । त्यसैले यो माग पूर्णतया अवैधानिक र अनुशासनहीनताको पराकाष्टा हो । पंतिकारले एकपटक प्रसङ्ग चल्दा शाखा अध्यक्षसँंग भनेको स्मरण गराउन चाहन्छ, ‘यो मामला अब केन्द्रीय अध्यक्षको स्वाभिमान र संस्थागत गरिमासँंग जोडिएको हुनाले हामीले विघटनको मागलाई साथ दिन सक्दैनौं ।’  

केन्द्रीय समितिको संस्थागत निर्णय  र अध्यक्षको गरिमाको रक्षा गर्नुको हामीसंँग विकल्प नभएको कुरा भएपछि अध्यक्षले त्यो प्रस्ताव समितिमा ल्याएर फेश गर्न सक्नु भएन । त्यो मागको नियत प्रकारान्तले सिंगो केन्द्रीय समिति र केन्द्रले अनुमोदन गरिसकेको निर्णय विरुद्धको आक्रमणको रुपमा लिनुपर्ने शाखाका सबै साथीहरुको जिकिर रहन गएको कुरा सत्य हो । यसर्थ आफ्नो केन्द्रीय अध्यक्ष र सिंगो केन्द्रीय समितिको माइनेटको रक्षा गर्ने दायित्व समेत यो अवस्थामा जोडिएर आएको छ । शाखाका जायज निर्णयहरुको सवालमा शाखाको नेतृत्वको हैसियतले शाखा अध्यक्षले केन्द्र समक्ष प्रस्ताव गर्नु स्वाभाविकै भएपनि केन्द्रको र अझै अध्यक्षका संस्थागत निर्णयहरु उल्ट्याउने प्रयत्न कुनै हिसाबले पनि स्वाभाविक मान्न सकिने अवस्था रहेन ।

यिनै कारणहरुले केन्द्रीय समितिले युरोप शाखामार्फत हामीले गरेको अनुशासनको कारबाहीलाई अनुमोदन गर्दै शाखामा अनुशासन र पद्दति स्थापनाको लागि केन्द्रसँंग सहयोगको अपेक्षा गरेका हौं । त्यसमा केन्द्रले के कसरी विवेक पु¥याउँछ, त्यो केन्द्रको मर्जी भयो । बाहिर रुपमा जे जस्तो तर्क वितर्क आए पनि वा देखिए पनि सारमा केन्द्रले गरेको निर्णयको प्रतिरक्षा पनि यो अभियानको एउटा गहन पाटो हो ।

ख) कोषाध्यक्षको जिम्मेवारीबारे ः

शाखामा कोषाध्यक्षलाई अहिलेसम्म पदको नाम मात्र दिएर जिम्मेवारीविहीन बनाएको देखिन्छ । कोषाध्यक्षको काम कार्बाहीमा पूरै कार्यकालभर हिसाबकिताब राख्ने अधिकार दिइएको छैन । आर्थिक कारोबारको समेत जिम्मेवारी अध्यक्ष आफंैमा केन्द्रित गर्नुको अभिप्राय के हुन सक्ला ? यी सबै प्रश्नहरु अहिले आवश्यक देखेर नै उजागर गरिएको हो ।  

ग) शाखाको निरिहता  ः

सधैं दासता स्वीकारेर बस्ने कुराले व्यक्ति वा संस्थाको रुपान्तरणमा सहयोग गर्दैन । विधानले दिएको सुविधा अनुसार संगठनको बारेमा चासो राख्ने, नेतृत्व र अनुगमन गर्ने जिम्मेवारीको हिसाबले शाखामा पंतिकार दोश्रो व्यक्ति  हो । कसैको घरको दराज राखेको बिषयमा यो विवाद भएको पटक्कै हैन । संगठनको संरचना नै हल्लने गरेर बेथितिको विरुद्धको संघर्षको अवस्था निर्माण हुनुमा शाखा अध्यक्ष नै पूर्णतया जिम्मेवार हुनुहुन्छ । आवश्यक मुद्दाहरु शाखाको नेतृत्वले दबाउन खोज्नाले अवस्था विष्फोट हँुदै गएको छ यसर्थ सबै सम्हालिएर पखालिँदै रुपान्तरणमा लाग्नुको विकल्प पनि देखिँदैन ।

संगठनभित्रका सबै असन्तुष्टि र बेथितिको सुधार गर्ने इमान्दार नेतृत्वको इच्छा शक्ति र संस्थागत  पद्दतिले हो । संस्थागत पद्दतिमा नियमित बैठक, सम्मेलन र अधिवेशन पर्दछन् । त्यसको लागि बैठकको माग गर्दा अध्यक्षले अटेरी गर्दै ‘च्यालेन्ज’ दिन थाल्नु भयो । चन्दा, विज्ञापन र सदस्यताका शुल्कबारे प्रश्न उठिरहेका छन् । त्यसलाई दबाउन खोज्नु भएको छ । ‘समय पुग्यो, अब अधिवेशन पनि गर्नु पर्छ’ भन्दा अधिवेशन नगरिकन जापानमा झैँ चार कार्यकाल चलाउँछु, भन्नु भयो तर शाखा हकमा समेत विधानको स्प्रिट दुई कार्यकाल नै हो भन्ने कुरा महासंघका अग्रजहरुले स्पष्ट पारिसक्नु भएको छ ।  

त्यस्तै, कुनै बैठक र पदाधिकारीको इच्छाविपरित गरिएको कथित रवानापत्रले फेरि अर्को विवाद निम्त्याएको छ । संगठनमा आफ्ना कुरा राख्दा ‘कचकच गर्नु भो बेल्जियम शाखामा रवाना गर्दिन्छु’ भन्दै संगठनमा चलेको बहसलाई निमोठ्न केन्द्रको लेटर प्याडको प्रयोग गरेर अवैधानिक रुपमा स्थानान्तरणपत्र पठाएको नाटक मञ्चन गरिएको छ । पंतिकार लगायतको इच्छाविपरित त्यो पनि ‘शाखा अध्यक्ष नै निलम्बित रहेको अवस्थामा’ यी सब नाटक गरिएको छ, जुन विधानतः अवैधानिक छ । स्थानान्तरणपत्रमा केन्द्रीय महासचिवको सही छाप भएको पत्र अकस्मात सार्वजनिक गरिको छ । त्यो केन्द्रको लेटर पनि हो कि हैन ? हेर्दा कीर्ते जस्तो देखिन्छ । ती सबै पत्रहरु अनुसन्धानको लागि सम्बन्धित निकायमा पठाइएको छ । त्यसको न्यायिक जवाफ पक्कै आउने छ भन्ने आशा गर्नुको विकल्प पनि छैन ।

अहिले नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षकै पहल, अगुवाई र नेतृत्वमा नेकपा (नेकपा) निकट प्रेश संगठन नेपाल, युरोप शाखा बनाएपछि अन्तरविरोधले बिष्फोटक रुप लिएको हो । त्यसको अध्यक्ष पनि केजिन राई नै हुनुहुन्छ । त्यो अवस्थापछि मात्रै शाखाका पत्रकारहरु बैठक बसेर संगठनको सार्वभौम सिद्धान्त र साझा भावना माथि प्रहार गरेको आरोपमा शाखा अध्यक्षलाई निलम्बन गर्दै सो कुराको जानकारी केन्द्रलाई गराई सकिएको छ तर त्यो निलम्बनलाई वैधानिकता दिन केन्द्रले अनुमोदन गर्नु पर्दछ भन्ने सबै पत्रकारहरुको माग हो । शाखा अध्यक्ष उपर कारबाहीको सिफारिश गर्नु पर्ने मूलभूत कारणहरु यसरी सरलीकृत गर्न सकिन्छ –

१) २०२० अप्रिल १३ अर्थात २०७७ बैसाख १ मा केहि व्यक्तिहरुको सदस्यता बनाइएको छ तर त्यो बेला न सदस्यता आधिकारिक रुपमा खुलाइएको थियो न कतैबाट स्थानान्तरण गरेको परिपत्र आएको थियो । त्यसैले त्यो बेलाभन्दा अगाडिदेखि नै केहि व्यक्तिहरुलाई विशेष परिस्थिति भन्दै बिना निर्णय सदस्य बनाई नेपाल पत्रकार महासंघ, युरोप शाखामा छिराउने काम भयो । ती सबैलाई नेकपाको भातृ संगठन प्रवासी नेपाली मंच, भर्खरै गठन भएको प्रेस संगठन र पत्रकार महासंघ सबैतिर राखिएको छ । पत्रकारहरुलाई संगठित गर्दा विधानमा टेकेर न्यूनतम योग्यताको आधारमा सदस्यता दिने र अधिवेशनमार्फत कार्यसमितिमा जिम्मेवारी दिने प्रक्रिया मिचिएको छ ।  

त्यसैले भन्नै पर्छ, यो शाखाको आत्मा मार्ने अभियानको शुरुवात प्रथम अधिवेशनबाट भए पनि संस्थागत गरेर शरिर समेत गलाउने काम केजिन कार्यकालको दोश्रो संस्करणमा फलिभूत भयो । साथीहरुको सधँै एउटै भनाइ रह्यो । न्यूनतम योग्यता पुगेका जो कोही पत्रकारहरु व्यावसायिक संस्थामा यसकै विधान अन्तर्गत टेकेर आउनु पर्छ ।  

२) निलम्बित अध्यक्ष केजिन राईले आफ्नै प्रस्ताव र केन्द्रीय अध्यक्षको समर्थनमा भेला बोलाई गठन गरिएको महासंघको बेल्जियम शाखाको अध्यक्ष ओम शर्मा डेमोक्य्राट भएकै कारण गोप्य रुपमा विघटनको सिफारिस गरेको थाहा भएको छ । त्यो शाखा र केन्द्रको विरुद्ध समेत गम्भीर प्रकृतिको षडयन्त्र हो भन्ने कार्यसमितिका साथीहरुको आरोप प्रमाणित भएको छ ।

३) आर्थिक हिनामिनाको आशंका सम्बन्धमा सदस्यता शुल्क, स्मारिका विज्ञापन र केन्द्रको राहत कोषको नाममा उठाएको पैसाबारे बारम्बार ताकेता गर्दा समेत पारदर्शी विवरण सार्वजनिक नगरिनु, केन्द्रीय कोषको लागि उठेको पैसा केन्द्रमा दाखिला भएको विवरण बैठकमा नल्याइनु र सदस्यताको साथै नवीकरण प्रतिकार्ड शुल्क २०० युरो उठाइँदै आएको छ । विधानतः तीन बर्षको नवीकरण शुल्क तीन हजार ने.रु. र नयाँ सदस्यता शुल्क पाँच हजार पाँच सय ने.रु. हुनु पर्नेमा बाँकी रकम कहाँ जान्छ ? विधानले प्रवास वा देशभित्र सदस्यता शुल्कमा विभेद गरेको छैन न विभेद गर्न पनि पाउँदैन । शुल्क सन् २०१४ देखि नै बढी लिइएको छ । कारण खुलाइएको छैन । त्यो वैधानिक रुपमा सदस्यमाथिको आर्थिक शोषण हो । शुल्क बढी उठाउनुको कुनै विशेष कारण भए त्यसको जानकारी समितिले पाउनु पर्ने हो तर त्यसको कुनै जानकारी दिइएको छैन । अधिवेशनमा उठाइएको उम्मेदवार शुल्कको पनि हिसाब देखाउनु पर्ने हो । अचम्म छ सब गोलमाल गरिएको छ ।  

४) गत चैत्र अर्थात् २०२० माघ र २०२० चैत्रमा शाखाले प्रयोग गरेका दुवै लेटर प्याड जुधाएर हेरौं । केजिनजीको जालसाँझी छर्लंग हुन्छ ।  आफ्नो बहुमत पु¥याउन बीचमा थाहा नदिई थपेका कार्यसमितिका सदस्यको नाम सूचीमा फरक देखिन्छ, लेटर प्याडको साइडमा सबैको नाम छ । अधिवेशनले बनाएको समिति जम्मा २१ जनाको हो । क्रमशः कार्यसमितिमा नामहरुको सूची बिना अधिवेशन प्रत्येक तीन महिनामा बढेको बढ्यै छ । अपारदर्शी रुपमा सदस्य बढाउँदै लगिएको छ ।  

५) अधिवेशन कुनै पनि संघ संगठनको वैधानिकता लिने सभा हो । विधान अनुसार तोकिएको समयमा अधिवेशन गर्न सकेन भने कुनै पनि समिति विधानतः अवैधानिक हुन्छ । त्यसैले राष्ट्रिय अधिवेशन हुनुभन्दा अगाडि शाखाको अधिवेशन गर्न राखिएको मागलाई शाखा अध्यक्ष केजिन राईजीले औचित्यहीन सम्झनुभयो । उहाँले अर्को कार्यकालसम्म अधिवेशन छल्न खोजेकोले पनि समिति भित्र अन्तरविरोध बढेको हो ।

स्मारिकाको कुरामा पनि हामीहरुको गम्भीर असहमतिका धेरै कारणमध्ये एक थियो शुभकामना सन्देशबारेको विवाद ! असहमति भए पनि संस्थापक अध्यक्षको एक पृष्ठ शुभकामना राखौं भनेर मौखिक प्रस्ताव गरियो । उहाँले त शाखाकै बरिष्ठ उपाध्यक्ष र महासचिवलाई अतिथि सम्पादक बजाइदिनु भएछ । आयोजक नै अतिथि बनेपछि अरु के कुरा गर्नु । शाखाका संस्थापक अध्यक्षसंँगको पूर्वाग्रह संगठनको दस्तावेजमा पोखिनु हुँदैनथ्यो । उहाँको शुभकामना भएको भए राम्रो संदेश जान्थ्यो ।  

घ) कारबाहीपछिका कथित निर्णयहरु ः

निर्णय पदाधिकारी वा सदस्य उपर कुनै पनि प्रकारले संगठनको विधान उल्लंघन गरेको वा आर्थिक पारदर्शिताबारे संगठनमा कारबाहीको मागदाबी सहित मुद्दा केन्द्रको इमेलमा दाखिला भैसकेपछि केन्द्रले निर्णय नगरुन्जेल आरोपित नेतृत्वले उजुरीकर्ताको मागदाबीलाई प्रभाव पार्ने गरेर कुनै पनि निर्णय गर्न पाउँदैन । यो अनुशासन विभाग हेर्ने समितिको नियम र सामान्य कानूनी सिद्धान्त पनि हो । त्यसको विपरित आफू निलम्बित भएको अर्को दिन युरोप शाखाबाट बरिष्ठ उपाध्यक्ष पंतिकार स्वयम्, महासचिव र सचिव लगायतको फर्जी स्थानान्तरण गरिएको निर्णय पठाइएको छ ।  

माथिका कुराहरुले पत्रकार महासंघ युरोप शाखाको बैठकमा कुनै सुनुवाई नभएपछि समिति भित्रका साथीहरुमा ब्यापक असन्तुष्टि चुलिएको स्पष्ट देखिन्छ ।

पार्टी मिसन पत्रकार संघ र व्यावसायिक पत्रकार महासंघको एउटै व्यक्तिले नेतृत्व गरिरहेको अवस्थामा केजिनजीको दोहोरो नेतृत्व प्रणाली ठीक हो त ? यसले महासंघको साझा र सम्पूर्ण तह र तप्काका पत्रकारहरुमा विश्वासको वातावरण बनाउला त ? यसको उत्तर सकारात्मक आउँदैन।  

पंतिकारले प्रेस संगठन नेपाल, युरोप शाखाका अध्यक्ष केजिन राईजीलाई सन् २०१२ देखिने जति बुझेको छ त्यति सायद गत चैतमा झ्यालबाट छिरेका साथीहरुले बुझेका होलान् भन्ने लाग्दैन ।  यो पंतिकारले निलम्बित अध्यक्षलाई बाघ भनेको मात्र हैन, दुई पटक युरोप शाखाको बाघ बनाउन साथ दिएको हो । साथीहरुले जाबो बाघको उपमा दिएर के के न गरियो भनेको देख्दा भुर्चालो हाँसो छुट्छ । दोश्रो र तेश्रो पटक उहाँ अध्यक्ष कसरी बन्नु भएको हो ? उहाँलाई मात्र हैन, त्यो बेलाका केन्द्रीय प्रतिनिधिलाई समेत सोध्दा थाहा हुन्छ ।  

वरिष्ठ पत्रकार ददी सापकोटाले जन्माएको र हामीहरुले जसोतसो गरेर बचाएको पत्रकार महासंघ युरोप शाखाबारे पार्टी पंतिका मित्रहरुले अनावश्यक चासो लिएको विल्कुलै सुहाएको छैन ।

पार्टी मिसन पत्रकारिता महासंघको महत्व र उद्देश्य  हुन सक्दैन । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत बहुमत साथीहरुले आफूले बुझेका तिनै साझा महत्वको रक्षार्थ सामुहिक निर्णयपछि यो कदम उठाएका  हुन् । यसमा भर्खरै भन्दा पनि दोहोरो बुझाईबाट निस्कने निष्कर्ष बुझेर सम्बन्धित निकायले संस्थाको महत्वको रक्षा गर्ने कदम उठाओस् भन्ने  सबै पत्रकारहरुको माग हो ।

ङ) केन्द्र कसरी जोडिन्छ ?ः

केन्द्रबाट झन्डै दर्जनभन्दा बढी महासंघका परिचयपत्र विधि र प्रक्रिया छलेर आएका छन् । केहि अघिल्लो बर्षको अन्त्य र केहि यहि बैशाख १ गतेको मितिमा सदस्य बनेको प्रमाण सुरक्षित छ । त्यो बेथिति कतै केन्द्रको संलग्नतामा त यो भैरहेको छैन भन्ने कुरापनि चासोपूर्वक उठेको छ ? यो पनि एक अर्को खोजको बिषय बन्न सक्छ । यो मुद्दा अर्को कारणले पनि केन्द्रसंँग जोडिन्छ कि पंतिकार लगायत केहि युरोप शाखाका साथीहरुको बेल्जियम शाखामा गरिएको स्थानान्तरण हाम्रो इच्छा बमोजिम गरिएको छैन । हाम्रो बसाइ सराइको निवेदन बिना हामीलाई जानकारी नदिइकन केन्द्रीय महासचिवको सहीछाप भएको लेटरप्याड प्रयोग गरेर हामीलाई पत्र पठाइएको छ । त्यो सही हो वा हैन ? सही हो भने किन बेल्जियम र पोर्चुगलका अन्य समितिका सदस्यहरुको स्थानान्तरण गरिएन ? गलत हो भने संगठन प्रमुख तथा महासचिवले यसको जानकारी दिनुपर्छ ।  माथिका दुवै मुद्दामा केन्द्रको संलग्नता देखिएकोले यसको छिनोफानो केन्द्रले गर्नु जरुरी छ ।

च) बुझ्ने कसरी र महत्व के ?

नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भनेको सांगठानिक पद्धतिलाई स्थापित गराउँदै संगठनप्रतिको इमान्दारिता र अनुशासनको मानक निर्माण गर्ने प्रयत्न पनि हो । समुदायको भविष्यप्रतिको आशा र रुपान्तरणप्रतिको विश्वासप्रति प्रेरणा बन्नु पनि पत्रकारहरुको कर्तव्य हो । नेतृत्वको सम्पर्कमा रहेका साथीहरु, व्यक्तिगत सम्बन्धको आधारमा निर्माण भएको विश्वास र संगठनका हितहरुको अन्तरविरोधी चरित्रको निरुपण महासंघको संस्थागत हितसँंग जोडिन्छ । व्यक्तिगत स्वार्थले समुदाय वा संगठनको स्वार्थलाई कदापि चुनौती दिन सक्दैन र दिनु हुँदैन पनि । यो नै सार्वजनिक संस्थागत जीवनको सार्वभौम मान्यता हो । हेर्दै जाऊँ समयले के भन्छ ! सामाजिक प्रवृतिको द्वन्द्वात्मक चरित्रलाई जाँच्ने र हेर्ने समय भने अहिले आएको छ । केन्द्रले मुद्दाहरुको न्यायपूर्ण निरुपणको लागि कुन कुरालाई महत्व दिन्छ र कुन बिधि अपनाउँछ, त्यसले धेरै कुराको छिनोफानो गर्ने नै छ ।

यी मुद्दाहरुको दृढतापूर्वक उठानले पत्रकार महासंघको सिंगो आन्दोलनलाई प्रभाव पार्ला वा नपार्ला त्यो बेग्लै कुरा हो तर कस्तो प्रवृतिविरुद्ध संघर्षको थालनी ग¥यो भन्ने सवालले इतिहासमा निकै महत्व राख्ने छ । जोसँग विश्वासपूर्वक संस्थागत सम्बन्ध जोडिन्छ, त्यसलाई इमान्दारितापूर्वक सम्मान गरिनु पर्छ तर कतिपय सवालहरुमा व्यक्तिगत सम्बन्धहरूलाई समुदायको हितमा रुपान्तरण गर्दै लैजानु पर्छ । यो मुद्दाको बिषयमा पनि त्यो कुरा लागू हुन्छ । यसको फैसला महासंघमा स्थापित पद्धति र व्यावसायिक चरित्र सापेक्ष बनेर आउँछ वा नेतृत्व तथा व्यक्तिबचि हुने लेनदेनको सम्बन्ध सापेक्ष बनेर आउँछ । अहिले हामीले प्रतीक्षा गरेको बिषय बस यहि हो । त्यसपछि यस महासंघको पवित्रताबारेको बुझाइलाई मानक मानेर आफ्नो धारणा बन्नेछ । बहसलाई एउटा उचाइमा लगेर संगठनको आत्मा नदुख्ने गरी मुद्दाहरुको निरुपण गर्ने पद्धतिले नै यस्ता समस्याहरुमा सही निकास दिन्छ अन्यथा यो बिषय भनेका शाखाका कुरा हुन् भनेर छलफल नै नगरी पेल्ने वा दबाउने तरिकाले संगठनको न्याय प्रणालीलाई मजबुद बनाउँछ भन्ने लाग्दैन ।

प्रायः सबै प्रकारका तानाशाहहरु सुझावलाई आलोचना देख्ने रोगले ग्रस्त हुन्छन्, सोच्दै नसोची निर्णय लिन्छन् र आफ्नै कारणले सकिन्छन् । आफै बर्ष दिन ननुहाउने र डुंगडुंति गन्हाउँदै हिंड्ने अनि अरुलाई दैनिक नुहाउनु पर्ने अर्ति दिंदै हिंडेको कदापि सुहाउँदैन ।

३० युरोमा नवीकरण हुने सदस्यताको बिना निर्णय दुई सय युरो लिंदै हिंडेको, त्यसको हिसाब माग्दा रिसाउने, दुई सय पृष्ठको किताबमा ४० पृष्ठको विज्ञापन छापेर पैसा उठाउने, कसले कति दियो संगठनलाई अध्यक्षले हिसाब नदिने अध्यक्षमा अहिलेसम्म देखिएको प्रवृति हो ।  

ज) नियति ः

कतिपयलाई संगठनको विधिभन्दा पद र त्यसमा निहित शक्ति प्यारो लाग्छ किनकि विधिले कहिलेकाही कर्ताको लालसा र महत्वाकांक्षालाई किनारा लगाउन खोज्छ, त्यो अवस्थामा धाक धम्कीमार्फत शक्ति प्रयोग गरिन्छ । सत्तामा हुनेले त बन्दुकको नै प्रयोग गर्दछन् । विधि र न्यायको पक्षमा शुरुको चरणमा धेरै कम मान्छे लाग्छन् । यो नै संसारको नियति भैरहेको छ । अचेल धेरै नेतृत्वहरुले आफू भित्रका गल्तीहरु देखाइदिने साथीलाई मित्र हैन शत्रु सम्झन्छन् । आफूलाई सुधार्ने चेष्टा गर्दैनन् । त्यसैले त शक्तिमान सत्ता क्षणभरमै ढल्न पुग्दछ भने नेतृत्वको नियति सन् १९६५ देखि रुमानियामा शासन गरेका चाउचेस्कोको जस्तै हुन पुग्दछ । नेतृत्वकै कारण संसारमा धेरै पार्टीको भ्रूण पनि रहेनन्, शासना सत्ता ढले र सामाजिक व्यावसायिक संगठनहरु थोरै निग्रहमा बाँडी चुँंडी गरेर कुनामा थन्किएका छन् ।

प्रेस संगठन युरोपको संयोजक भनेर राखिएको नाम अर्कै छ तर तस्वीर केजिन राईजीको नै छ, कुरा के हो ? नयाँ नाम ‘खिमसुहाङ चामलिंङ’ समाचारमा चिप्लिएको पो हो कि पद लोलुपताको आरोप लाग्छ भनेर सरमले हो ? खै त्यो त के हो , हामीलाई थाह भएन तर जेजस्तो गरेर नाम बदल्दै पद पड्काउने लालसा केजिनजीमा देखिएको छ, त्यसले युरोप शाखालाई विघटनको संघारमा पु¥याएको भने पक्का हो ।

अन्त्यमा बेल्जियम शाखाको विघटनको मागदेखि नयाँ सदस्यता बनाउने कार्य र शाखामा पदपूर्ति सबैमा राजनीति हाबी भएको छ । साझा महासंघमा दलीयकरण गरिएको छ । अब पनि एन.आर.एन.ए. लगायत सामाजिक संघ संस्थाहरुले केजिनजीको नेतृत्व मानिदिनु पर्ने कुनै कारण छैन । प्रवासी मञ्चका कार्यकर्तालाई साझा पत्रकार नेता मानेर नमस्ते गर्नुपर्ने पनि कारण सकियो ।  

यी आरोप नभएर प्रमाणिक कुरा हुन् ।  अप्रमाणित कुराहरुले वा आरोपहरुले आगामी दिनमा खासै अर्थ लाग्ने छैन तर अहिले उहाँले गरेका कतिपय निर्णयहरुले युरोप शाखाको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ । भनिन्छ, समुदायको विश्वास र मित्रहरुसंगको सन्तुलन मिलाउन नजान्नेहरुले देश वा संस्था हाँके भने दुवै कुरा यसरी नै दुर्घटनामा टुंगिन्छन् । संगठन भित्रको अन्तरविरोधलाई समाधान हुनै नसक्ने जीवनपर्यन्तको सत्रुता सम्झने जो कसैलाई सम्झाउन नसकिने रहेछ । सम्बन्धित पक्षलाई याद रहोस्, युरोप तानाशाहहरुको खिल निकालेको स्थान हो ।  त्यसैले नेपालको सिको गरेर रातमा गुलेलीले चरा मार्ने र दिनमा गुम्बामा बसेर अहिंसाको मन्त्र जप्दा एकदिन सत्य कुरा दुनियाँले थाहा पाउने छन् । अन्य पत्रकार मित्रहरुलाई मेरो अनुरोध छ, हाम्रा सम्बन्धहरु संगठनकै कारणले मात्र बनेका हैनन् र संगठनकै विवादको कारणले अन्त्य हुन पनि सक्दैनन् । हाम्रो मानवीय सम्बन्ध त्योभन्दा धेरै परसम्म हुनु पर्छ । यी नितान्त सांगठानिक मुद्दाहरु भएकोले कसैले पनि तीतो पीरो मनमा राख्नु आवश्यक देखिँदैन । अन्तर्विरोधको अन्तिम परिणामले सबै कुराको छिनोफानो गर्ने नै छ, सत्यको लागि धैर्यपूर्वक प्रतीक्षा गरौँ ।


Naya Bimarsha

समाचार


सवारी चालक अनुमतिपत्र लिन समस्या

नेकपाको डढेलो देशव्यापी

The Perfect Gift

अमेरिकामा हंगामा, ट्रम्पका समर्थक हिंसामा

विघटनविरुद्ध काठमाडौं कांग्रेस

न्यायाधीश कार्की इजलासमा नबस्ने

नेम्वाङमाथि नैतिक संकट

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने

मन्त्री बोहराको राजीनामा

अमेरिकामा नेपाली चलचित्र देखाइने

मन्त्री त्रिपाठी दल दर्ता गर्दै

गगनले आज भक्तपुर तताउने

संवैधानिक इजलाशमा अब को ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |