PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

विघटनविरुद्ध काठमाडौं कांग्रेस


काठमाडौँ | नेपाली कांग्रेसको काठमाडौँ जिल्ला कार्य समितिले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न मितिमा विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरुद्धमा सडकमा थप कार्यक्रम लिएर उत्रने निर्णय गरेको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाले जानकारी दिए ।

केन्द्रको निर्देशनअनुसार सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिंदै उनले भने,‘ पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते गाउँपालिका तथा नगरपालिकामा र माघ ८ गते वडास्तरमा विरोधका कार्यक्रम गरिने छ ।’ पुस २५ गते दिउँसो १ बजे काठमाडौँ जिल्लाका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा एकै साथ विरोध प्रदर्शन गर्न कांग्रेसजनहरुलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।

कांङ्ग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गरेको प्रतिनिधि सभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको अवस्थामा त्यसै निर्णयलाई आधार मानी उक्त निर्णयमा काठमाडौं कांग्रेस पुगेको हो । 

Naya Bimarsha

समाचार


सवारी चालक अनुमतिपत्र लिन समस्या

नेकपाको डढेलो देशव्यापी

The Perfect Gift

अमेरिकामा हंगामा, ट्रम्पका समर्थक हिंसामा

विघटनविरुद्ध काठमाडौं कांग्रेस

न्यायाधीश कार्की इजलासमा नबस्ने

नेम्वाङमाथि नैतिक संकट

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने

मन्त्री बोहराको राजीनामा

अमेरिकामा नेपाली चलचित्र देखाइने

मन्त्री त्रिपाठी दल दर्ता गर्दै

गगनले आज भक्तपुर तताउने

संवैधानिक इजलाशमा अब को ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |