अमेरिकामा नेपाली चलचित्र देखाइने
एम.पी.भट्टराई
अमेरिका | कोरोना भाइरसको कारण सन्त्रास छाइरहेको हालको अवस्थामा अमेरिकामा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण हुने भएको छ । सन् २०२१ को जुन १८ देखि २० सम्म महोत्सव हुने आयोजकले जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्व भरिबाट आवेदन खुला गरिएको अवस्थामा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । नेपाल बाहेक अमेरिका, दक्षिण एशियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्ने बताइएको छ । वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी हँुदै आएको छ । अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्ने बताइएको छ । उत्कृष्ट चलचिहरुलाई पुरस्कृत गरिनेछ । महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम गरिने तयारी पनि आयोजकले गरेको बताइएको छ ।
नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ भने कोविड–१९ को कारणले सन् २०२० को संस्करण भने स्थगित गरिएको थियो ।

समाचार