मन्त्री त्रिपाठी दल दर्ता गर्दै

भक्तपुर | स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा रहेका हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको छ । प्रधानमन्त्रीको निगाहमा मन्त्री बनेका तथा उनी विगतको निर्वाचनमा तात्कालीन नेकपा (एमाले) को चुनावचिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका व्यक्ति हुन् । उनको नेतृत्वमा रहँदै आएको ‘स्वतन्त्र राजनीतिक समूह’ लाई नै उनीहरुलेराजनीतिक दलका रुपमा दर्ता गर्ने तयारी गरेका हुन् ।
मन्त्री त्रिपाठी निकटको स्रोतले दिएको जानकारी अनुसार उक्त समूहलाई केही दिनभित्र निर्वाचन आयोगमा दर्ता गरिनेछ । समूहमा आवद्ध नेताहरू बृजेशकुमार गुप्ता, पशुपति दयाल, ईश्वर दयाललगायतका नेताहरूको हालै बसेको बैठकले राजनीतिक दलका रुपमा दर्ता गर्ने निर्णय गरेको बताइएको छ । प्रधानमन्त्रीले मन्त्री पदमा आसीन गराएका त्रिपाठीले प्रधानमन्त्रीको दलमा आफ्नो समूहलाई विलय गराउने चर्चा चलिरहेको हालको अवस्थामा उनीहरुले समूहलाई छुट्टै दलको स्वरुप दिने निधो गरेका हुन् । त्रिपाठीले नेकपासँग पार्टी एकताका लागि राजनीतिक विषयमा कुरा नमिलेको भन्दै आफ्नै समूहलाई अस्तित्वमा राख्ने चेष्टा गरेका हुन् ।

समाचार