काठमाडौं/ पूर्वाधार विकास मन्त्रालयले आफ्नो नेतृत्वको विभागमा २ वर्ष पुगेका –प्रथम श्रेणी) र द्वितीय श्रेणीमा कार्यरत सिडिईहरुमध्ये शहरी तथा भवन निर्माण विभागका ३७ जना सिडिईहरु सरुवा गरेको छ । अन्य दुईवटा विभागहरुमध्ये खानेपानी तथा ढल व्यवस्थापन विभागको संगठन व्यवस्थापन तथा सर्वेक्षण –ओ एण्ड एम) पारित नहुँदा सरुवा हुन सकेको छैन ।
विभागहरुमध्ये महत्वपूर्ण र आकर्षक मानिने सडक विभागको सरुवा मुख–मुखमा पुगेको स्रोतले बताएको छ । पूर्वाधार सचिव विदेश -चीन) मा भएका कारण रोकिएको सरुवा आगामी तिहारअघि हुने समाचार श्रोतले जानकारी दिएको छ । सडक विभागको सरुवामा २–३ जना सुपरीटेण्डेन्ट इन्जिनियर -सुई) र २ दर्जन बढी सिडिईहरुको सरुवा हुने तयारी भैरहेको चर्चा चलेको छ । गत वर्ष भदौ २३–२४ को जेनजी आन्दोलन हुनु अगावै तात्कालीन मन्त्री देवेन्द्र दहाल र त्यतिबेलाका भौतिक सचिव केशव शर्माले सरुवाबाट राम्रै शुभलाभ गरेको बताइएको छ । त्यसपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारका पूर्वाधार विकास मन्त्री र -भौतिक शहरी र खानेपानी एकीकृत) सुनिल लम्सालले चासो नलिँदा सरुवा गर्नुपर्ने समयमा ¥याल काढेर सचिव गोपाल सिग्देल अवकाश भएका बताइएको छ ।
नयाँ सचिव चयन हुँदा दशैंले छोएर रोकिएको सरुवा तिहार अघि हुने चर्चा व्यापक छ । सरुवा हुने सुईहरुमा ई. चुडाराज ढकाल -एडीबी निर्देशनालय), ई. ललिजन खनाल -पुल महाशाखा) र थानेश्वर खत्रीको हल्ला छ भने सिडिईहरुमा सुमन योगेश भक्तपुर, गोपाल खकुरेल ललितपुर, पारस हमाल खाल्टे सिन्धुली, सुनिलबाबु पन्त र जगत प्रजापति काँकडभिट्टा– लौकही पूर्व एवं पश्चिम खण्ड, अरुणलाल कर्ण चन्द्रनिगाहपुर, दीपेन्द्र विष्ट दाङ, नरेन्द्र भट्ट नेपालगञ्ज, राजेश यादव महेन्द्रनगर र सविन कोइराला शिवपुर छन् ।
करिव २५–३० जना सिडिईहरुको दुई वर्ष पुगिसकेको श्रोतले बताएको छ । अहिले पूर्वाधार विकास मन्त्रालयमा मन्त्री, सचिव र महानिर्देशकहरुको समूह मिलेकोले निर्माण कार्यहरु समयमै भैरहेको बताइएको छ ।
पूर्वाधार सचिव नहुँदा सडकको सरुवा रोकियो
Facebook Comments Box
