राशिफल

Nayabimarsha (Weekly Newspaper from Nepal)

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता तपाईंका लागि उत्साह र नयाँ अवसरको समय रहनेछ । रोकिएका काम अघि बढ्नेछन् भने कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक अवस्थामा सुधार आउने संकेत छ । व्यापार व्यवसायमा संलग्न व्यक्तिले नयाँ योजना बनाउन सक्नेछन् । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ । साथीभाइसँगको सहकार्य लाभदायी बन्न सक्छ । प्रेम सम्बन्धमा सुखद वातावरण रहनेछ । स्वास्थ्यमा सामान्य थकान देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोला ।

वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको शुरुवात केही व्यस्तताका साथ हुन सक्छ । काममा देखिएका चुनौतीलाई धैर्यपूर्वक सामना गर्न सके सफलता मिल्नेछ । जागिरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट मिलाएर अघि बढ्नु उचित हुनेछ । परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर रहनेछ । प्रेम जीवनमा निकटता बढ्नेछ । स्वास्थ्यमा खानपान र नियमित दिनचर्यालाई प्राथमिकता दिनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो साता तपाईंका लागि उपलब्धिमूलक बन्न सक्छ । नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यमा फाइदा पु¥याउन सक्छ । अध्ययन, लेखन, सञ्चार तथा बौद्धिक क्षेत्रमा संलग्न व्यक्तिका लागि समय अनुकूल रहनेछ । रोकिएका आर्थिक काम पूरा हुने सम्भावना छ । व्यापारमा नयाँ अवसर प्राप्त हुन सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ । प्रेम सम्बन्धमा विश्वास र आत्मीयता बढ्नेछ । यात्राको अवसर मिल्न सक्छ । निर्णय गर्दा अरूको दबाबभन्दा आफ्नो विवेकलाई प्राथमिकता दिनुहोला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा केही काममा ढिलाइ हुन सक्छ । निरन्तर प्रयासले परिस्थिति अनुकूल बनाउनेछ । कार्यक्षेत्रमा जिम्मेवारी बढ्ने सम्भावना छ । आर्थिक लेनदेनमा हतार नगर्नुहोला । पुरानो लगानीबाट लाभ प्राप्त हुन सक्छ । पारिवारिक विषयमा महत्त्वपूर्ण छलफल हुन सक्छ । आफन्तसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । प्रेम सम्बन्धमा सामान्य असमझदारी देखिए पनि संवादबाट समाधान हुनेछ । स्वास्थ्यमा आराम र मानसिक शान्तिलाई महत्त्व दिनुहोला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता आत्मविश्वास र सक्रियतामा वृद्धि हुनेछ । लामो समयदेखि अधुरा रहेका काम पूरा गर्ने अवसर मिल्न सक्छ । सरकारी तथा प्रशासनिक क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । आर्थिक पक्ष सबल रहनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा खुसीको वातावरण रहनेछ । आवेशमा आएर निर्णय नगर्नुहोला । स्वास्थ्य सामान्य रहनेछ ।

कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता योजनाबद्ध ढङ्गले अघि बढ्न सके राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक कारोबारमा सुधार आउने संकेत छ । व्यापारमा सोचविचार गरेर लगानी गर्नुहोला । विद्यार्थीका लागि अध्ययनमा प्रगति गर्ने समय छ । पारिवारिक वातावरण सुखद रहनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । स्वास्थ्यमा पेट तथा निद्रासम्बन्धी समस्याप्रति सचेत रहनुहोला ।

तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता नयाँ अवसर प्राप्त हुने सम्भावना छ । कार्यक्षेत्रमा सहकर्मी तथा उच्च अधिकारीबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नयाँ साझेदारीको प्रस्ताव आउन सक्छ । आर्थिक आम्दानी बढ्ने संकेत देखिन्छ । पुराना कामबाट लाभ प्राप्त हुन सक्छ । सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रियता बढ्नेछ । परिवारमा सुखद समाचार सुन्न पाइनेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । प्रेम सम्बन्धमा नयाँ उत्साह थपिनेछ । यात्रामा सावधानी अपनाउनुहोला ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको शुरुवातमा केही चुनौती देखिए पनि मध्यतिर परिस्थिति सहज बन्दै जानेछ । काममा देखिएको अन्योल हट्नेछ । आर्थिक पक्षमा सुधार आउने सम्भावना छ । व्यापारमा प्रतिस्पर्धा बढ्न सक्छ । नयाँ काम शुरु गर्नुअघि पर्याप्त जानकारी लिनुहोला । परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । प्रेम सम्बन्धमा धैर्य र विश्वास आवश्यक हुनेछ । स्वास्थ्यमा शारीरिक थकानबाट जोगिनुहोला ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता तपाईंका लागि सकारात्मक रहनेछ । नयाँ योजना कार्यान्वयन गर्ने अवसर मिल्न सक्छ । वैदेशिक अध्ययन, रोजगारी तथा यात्राको तयारीमा रहेकाहरूका लागि अनुकूल समाचार प्राप्त हुन सक्छ । जागिरमा जिम्मेवारी थपिने सम्भावना छ । आर्थिक अवस्थामा सुधार आउनेछ । व्यापार व्यवसायमा लाभ मिल्न सक्छ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम जीवनमा खुशी छाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ अवसरको सदुपयोग गर्नुहोला ।

मकर -भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
यो साता मेहनत र धैर्यको आवश्यकता पर्नेछ । कामको चाप बढे पनि त्यसबाट पछि नहट्नुहोला । कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न सके प्रशंसा प्राप्त हुनेछ । आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । अनावश्यक खर्च नियन्त्रण गर्नुपर्नेछ । पारिवारिक निर्णयमा ज्येष्ठ सदस्यको सुझाव उपयोगी बन्न सक्छ । दाम्पत्य जीवनमा सामान्य मतभेद भए पनि समाधान हुनेछ । प्रेम सम्बन्धमा सकारात्मकता रहनेछ । स्वास्थ्यमा नियमित व्यायाम र आराम आवश्यक हुनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताभरि नयाँ विचार र योजनाले प्राथमिकता पाउनेछन् । सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ सम्पर्क स्थापित हुनेछन् । रोकिएका कामले गति लिनेछन् । आर्थिक आम्दानीमा सुधार आउने सम्भावना छ । जागिरमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछ । पारिवारिक वातावरण सुखद रहनेछ । साथीभाइसँगको सहकार्य फलदायी बन्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ । मनोरञ्जन तथा यात्राका अवसर प्राप्त हुन सक्छन् ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता तपाईंका लागि आशा र सम्भावनाले भरिएको रहनेछ । विगतमा अधुरा रहेका काम पूरा गर्ने अवसर मिल्न सक्छ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ । व्यापार व्यवसायमा लाभ प्राप्त हुने सम्भावना छ । विद्यार्थीका लागि अध्ययनमा एकाग्रता बढ्नेछ । परिवारका सदस्यसँगको सम्बन्ध प्रगाढ बन्नेछ । प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ । स्वास्थ्यमा सामान्य समस्या देखिए पनि विशेष सावधानी अपनाउँदा सहज हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *