काठमाडौं बाहिर विमान विश्राममा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वायुसेवा कम्पनीका विमानहरुको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन बिश्राम (पार्किङ) थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकोप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी परिपत्र गरेको अवस्थामा तिनीहरुको पालनाका लागि उनीहरु लागेका हुन् ।
सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका विमानस्थलमा रात्रिकालीन बिश्राम गरेका बताइएको छ । उनीहरुले सोही विमानस्थलबाट मंगलबारदेखि पहिलो उडान पनि भरेका पनि बताइएको छ । मंगलबारको पहिलो उडानमा अधिकांश वायुयानले ‘फूल अकुपेन्सी’ पाएका बताइएको छ । प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो तर अहिलेसम्म ५२ वटा जहाज पार्किङ गरिरहेका थिए ।
काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भन्दै प्राधिकरणले बैशाख ११ मा अध्ययन कार्यदल बनाएको थियो ।
प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको रात्रि बिश्रामको आधार विमानस्थलमै रात्रिकालीन विश्राम गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गरेको थियो । त्यही आधारमा परिपत्र जारी गरिएको थियो । हेलिकोप्टरहरुको रात्रि बिश्राममा भने केही समस्या देखिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *