सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ फरक क्षमता भएका व्यक्तिहरुको सहभागितामा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न भएको छ । सी.एस. इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा मंगलबार कार्यक्रम भएको हो । त्यसमा २० जना फरक क्षमता भएका प्रतिभाले ¥याम्प वाक तथा विभिन्न मञ्चीय प्रतिभा प्रस्तुत गरेका थिए । …डिसेबिलिटी इज नट इनएबिलिटीÚ भन्ने सन्देसहिशको कार्यक्रममा सहभागीले आफूलाई फरक सम्भावना र प्रतिभाका रुपमा उभ्याएका थिए ।
¥याम्प वाकमा लक्ष्मी सेन्चुरी, अस्मिता राई, दमाया बुढामगर, रोशनी थापा, शारदा शर्मा, रेनु मोक्तान, जुना शाही, झरना घिमिरे, सुशीला शाही, विरू ढुंगाना, सान्नानी श्रेष्ठ, अर्जुन दोङ, सविन थापा, दीपक तामाङ, खड्क रोकाया, तिलकराम थारू, अकलबहादुर तामाङ, राजदेव यादव, कर्मा शेर्पा र विसु पुकार श्रेष्ठ सहभागी भएका बताइएको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा नं.५ का अध्यक्ष नारायणबहादुर सुवेदीले फरक क्षमता भएका व्यक्तिलाई अवसर, सम्मान र सामाजिक सहभागिताको वातावरण निर्माण गर्नु समाज, समुदाय र स्थानीय सरकार सबैको साझा जिम्मेवारी भएको बताए । यो कार्यक्रममा वडा नं ५ सहयोगीका रुपमा सहभागी रहेको बताइएको छ ।
सी.एस. इन्टरटेनमेन्ट नेपालकी सि.इ.ओ. तथा विश्वकिर्तीमानी कलाकर्मी छिरिङ शेर्पाले ¥याम्प शोका लागि सहभागीलाई १४ दिनको प्रशिक्षण दिइएको बताइन् । …फरक क्षमता भएकाले अवसर, प्रोत्साहन र विश्वास पाए आफ्नो प्रतिभा, क्षमता र आत्मविश्वासलाई समाजसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिन कार्यक्रम गरेका हौंÚ, उनले भनिन् ।
¥याम्प शोका लागि कोरियोग्राफर टीना राईले सहभागीहरूको क्षमता, आवश्यकता र शारीरिक अवस्थालाई ध्यानमा राख्दै ¥याम्प वाक, प्रस्तुति शैली, आत्मविश्वास तथा मञ्चीय प्रस्तुति सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सदस्यहरू दुर्गा राना मगर -लक्ष्मी), कमला नेपाली, श्रीबहादुर योगी तथा धर्म थिङ लामा, नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा. मुक्ति तिमिल्सिनालगायतको उपस्थिति थियो ।
कार्यक्रममा खगेन्द्र नवजीवन केन्द्रका प्रबन्ध निर्देशक गोकर्ण ढुंगाना, बी.आइ.ए. फाउण्डेसनका सिद्धार्थ शाक्य, पत्रकार, लेखक तथा राष्ट्रिय कराँते रेफ्री करण तामाङ, सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकृत तथा गायिका कुञ्जाङ छ्योपेल शेर्पा, पर्वतारोही तथा व्यवसायी उदय केरुङ तथा तामाङ म्युजिक भिडियो मोडल तथा कलाकार पासाङ डोमा पाख्रिनलाई …राष्ट्रिय गौरव सम्मान–२०२६Ú प्रदान गरिएको छ । आयोजक कम्पनीको सि.ई.ओ. छिरिङ शेर्पा डान्सिङ स्टार नेपाल पहिलो विजेता, विश्वकिर्तीमानी कोरियोग्राफर र नायिका पनि हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *