हेटौंडामा योजनै योजना

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा गरेका कामको विवरण सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी सात सय ६० योजना सम्पन्न गरेको उपमहानगरपालिकाले जनाएको छ ।
बाँकी योजनाहरु पनि सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको बताइएको छ । चालु आवको साउनदेखि असारसम्ममा नौ सय ९० योजनामध्ये जेठ महिनासम्ममा उल्लेखित योजना पूरा भएका छन् । चालु अवधिमा ६८ कि.मी. कङ्क्रिट सडक, दुई दशमलव ५३ किमी सडक कालोपत्र तथा १४ कल्भर्ट निर्माण भएका उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै, खानेपानी एक, शैक्षिक पूर्वाधरतर्फ २०, पर्यटन पूर्वाधारतर्फ तीन, खेलकुद पूर्वाधरतर्फ तीन, गुम्बा निर्माणतर्फ सात, मन्दिर निर्माणतर्फ २८, स्वास्थ्य पूर्वाधर निर्माणतर्फ नौवटा निर्माण सम्पन्न हुन बाँकी रहेको बताइएको छ । यस्तै, तटबन्ध निर्माणतर्फ १५, सिँचाइ पूर्वाधर निर्माणतर्फ दुई, शौचालय निर्माणतर्फ पाँच तथा अन्य पूर्वाधारतर्फ ९९ योजना निर्माण सम्पन्न भएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *