अर्थमन्त्रीमाथि कालो बादल मडारिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । अर्थमन्त्रीबाट जनार्दन शर्माले बुधबार राजीनामा गरेका छन् । उनले बजेट भाषणको अघिल्लो दिन २०७९ जेठ १४ गते राति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर सिजी ग्रुप, विशाल ग्रुपलगायतका व्यापारीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको विषय एकदमै विवादित बनेपछि राजीनामा गर्नुपरेको हो । मन्त्री शर्माको गतिविधिलाई छानविन गर्नकालागि प्रतिनिधिसभाले ११ सदस्यीय छानविन समिति बनाएका कारण उनले राजीनामा गर्न बाध्य भएको बताइएको छ ।
जेठ १४ गते रातिको सीसीक्यामेराको फुटेज १३ दिनमा डिलेट भएको अर्थमन्त्रालयले बताएपछि अर्थमन्त्री शर्मा चौतर्फी घेरबन्दीमा परेका थिए । नेपालको इतिहासमा सर्वाधिक असफल र विवादित मन्त्री शनेका शर्माले एकपछि अर्को काण्डैकाण्ड मच्चाउँदै आइरहेका थिए । अनैतिक र आपराधिक कार्यहरुले सीमा नाघेपछि शर्माको पदमाथि कालो बादल मडारिएको थियो ।
भ्रष्टाचार, अनियमितता र कमिशनका एक नम्बर खेलाडी भन्ने आरोप लाग्ने गरेका अर्थमन्त्री शर्मालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालपछि दोस्रो धनी व्यक्ति भनी भन्ने गरिन्छ । शर्मालाई अर्थबाट हटाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सहमति भएपछि पनि शर्मा राजीनामा गर्न विवश भएका थिए ।
उता, नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले) को युवासंघदेखि नागरिक अगुवा डा. गोविन्द के.सी., सुशीला कार्की र केदारभक्त माथेमालगायतले उनको राजीनामा मागिसकेका कारण पनि उनी नैतिक संकटमा परेका थिए ।
लघु बीमालगायत स्टक एक्स्चेञ्जमा अर्बौंको चलखेल गरी नेप्सेलाई टाट पल्टाई शेयरहोल्डरहरुलाई सडकमा पु¥याएर आत्महत्या गर्न बाध्य बनाउने खेलमा शर्मा लागिपरेको आरोप पनि लाग्दै आएको थियो । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले संसदीय छानबिनको माग गरेको अवस्थामा एमाले समर्थित चार जना सांसद रहने गरी छानविन समिति बुधबार नै गठन गरिएको थियो ।
बजेट काण्डअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि दोष थुपारेर मुलुकलाई श्रीलंका जस्तै बनाई टाट बनाउने अभियानमा शर्मा लागेका थिए । अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै उपभोक्ता अधिकारवादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थमन्त्रालयसँग क्लोज सर्किट (सीसीटीभी) दृश्य माग गरेको थियो । तीन महिनासम्म नहट्ने फुटेजलाई १३ दिनमै हटेको भनेर शर्माका दासहरुले मुलुकलाई दिउँसै रात पार्ने काम गरेको व्यापक चर्चा चलेको छ । शर्माका कारण प्रधानमन्त्री देउवा पनि विवादको भुमरीमा परेपछि अर्थमन्त्रीबाट शर्मा हट्ने बाध्य भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *