अब ट्राफिक र विमानस्थलमा पनि डिआइजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ सरकार परिवर्तन हुनासाथ निर्णय पनि परिवर्तन हुन्छन् । अहिले पनि गृहमन्त्री बालकृष्ण खाँणले १७ जना डिआइजीहरुमध्येबाट तीनजना एसएसपी दरबन्दी भएको ठाउँमा डिआइजीहरुलाई काज सरुवा गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा श्यामलाल ज्ञवाली, ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मीरा चौधरी र नेपाल प्रहरी शिक्षालय भरतपुरमा सन्दीप भण्डारीलाई काजमा पठाउने कार्य गरिएको छ । हाल भरतपुर शिक्षालयमा खटाइएका भण्डारीले विमानस्थलको कमाण्ड सम्हालेका थिए । भण्डारीभन्दा अगाडि त्रिभुवन विमानस्थलमा डिआइजी शेरबहादुर बस्नेत कार्यरत थिए । त्यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा २०७४ अन्तिमसम्म डिआइजी सर्वेन्द्र खनाल कार्यरत थिए । खनाल आइजिपी भएपछि एसएसपी उमेश रञ्जितकारले ट्राफिक कमाण्ड सम्हालेका थिए ।
गत वर्ष २०७८ असार २९ गते गृहमन्त्री बनेका बालकृष्ण खाँणले सुरक्षा निकायमा हस्तक्षेप नगरी सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । नेपाल प्रहरीमा चलखेल र सोर्सफोर्सबिना वरिष्ठताका आधारमा गत २०७९ असार ८ गते १७ जना एसएसपीहरु डिआइजीमा बढुवा भएका छन् ।
काँग्रेस नेतृत्वमा परिपक्व ठानिएका गृहमन्त्री खाँणको सुझबुझले स्थानीय निर्वाचन २०७९ सम्पन्न भइसकेको अवस्थामा अब संघ र प्रदेशको निर्वाचन पनि भयरहित तरिकाले सम्पन्न हुने आशा एवं विश्वास गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *