बेलायतमा ऋषिको संभावना

Nayabimarsha (Weekly Newspaper from Nepal)

आर.जे.महतो
लण्डन÷ बेलायतमा प्रधानमन्त्री पदको दौडमा भारतीय मूलका व्यक्ति अग्रस्थानमा देखिएका छन् । पूर्वअर्थमन्त्री रहेका भारतीय मूलका ऋषि सुनक दोस्रो तहको प्रतिस्पर्धामा पनि अगाडि भएका कारण उनको संभावना बढेको हो ।
दोस्रो चरणको मतदानमा सुनकले एक सय एक सांसदको समर्थन जितेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी पेनी मोर्डुएन्टभन्दा १८ मत बढी प्राप्त गरेका हुन् । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सकेका खण्डमा उनी बेलायतको प्रधानमन्त्री बन्ने संभावना प्रबल बनेको बताइएको छ ।
कन्जरभेटिभ पार्टीको नेता बोरिस जोनसनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री हुने नयाँ नेता चयनको प्रक्रिया बेलायतमा चलिरहेको छ । यसका लागि अब पाँच उम्मेदवार दौडमा छन् ।
अब अर्को हप्ताको सोमबार अर्को चरणको मतदान हुँदैछ । अन्तिम दुई उम्मेदवार सांसदको मतदानबाट छनोट हुनेछन् । यसपछि पार्टीका सदस्यहरूले यीमध्ये एकजना दावेदार छनोट गर्नेछन्, जसको नाम सेप्टेम्बर ५ मा घोषणा हुने कार्यतालिका छ । सुनकले बोरिस जोनसनको नेतृत्वमा प्रश्न उठाएका थिए । त्यसपछि जोनसन सरकारबाट राजीनामाको लहर शुरु भएको थियो जसको शुरुवाती कार्य ऋषिले नै गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *