सिभिलकी तामाङ पनि पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । नेकपा (एमाले) बाट पूर्वसांसद समेत रहेका इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष समेत रहेका तामाङकी पत्नी सिर्जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी आरोपमा पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार इच्छाराजसँगै उनलाई पनि निक्षेपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो । इच्छाराज पहिल्यै पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सिर्जनाविरुद्ध भने काठमाडौं जिल्ला अदालतले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो । निक्षपकर्ताको पाँच अर्ब ८४ करोड ४० लाख एक्काईस हजार सात सय ठगी गरेको आरोप छ ।
रकमको साँवा तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाएपछि एक हजार पाँच ३० जना पीडितले सीआईबीमा जाहेरी दिएका थिए । सीआईबीले २०७८ मंसिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको हो । अध्यक्ष श्रेष्ठ र तामाङ बाहेक अन्य भने धरौटीमा छुटेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *