भक्तपुरदेखि सडक विस्तार हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्ने भइएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआ) थालेको जनाइएको छ ।
डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने बताइएको छ । सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेकाले यो कार्य अघि बढ्ने विश्वास स्थानीयबासीले लिएका छन् ।
सडक विस्तारका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपियाँ बजेट विनियोजन भएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय भएकाले बजेट सक्नैपर्ने भन्ने बाध्यता नहुने भएकाले समय लगाएर भए पनि गुणस्तरीय कार्य गर्न सकिने बताइएको छ । यो निर्माण सम्पन्न भएपछि छ लेनको सडक पूर्ण क्षमतासहित संचालमा आउने बताइएको छ । उक्त सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *