कांग्रेस नेता सम्पर्कविहीन

Nayabimarsha (Weekly Newspaper from Nepal)

दोलखा/नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल सम्पर्कविहीन भएका छन् । यही साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका दाहाल भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि भनी घरबाट हिंडेका बताइएको छ ।
बालकोटबाट बा.२० ख ९८२२ नम्बरको सार्वजनिक बसमा आफूले नै दाइलाई चढाएको उनका भाइ गणेशप्रसाद दाहालले दाबी गरेका छन् । बालकोटबाट जडीबुटीमा झरेर चरिकोटको गाडी समात्नु पर्नेमा सभापति दाहाल कलंकीमा पुगेपछि मात्रै उत्रिएको सो गाडीका सहचालकले बताएको गणेशले जानकारी दिएका छन् ।

सोही दिन बिहान ६ बजेर ५६ मिनेटमा फोन लगाउँदादेखि सभापति दाहालको मोबाइल अफ रहेको उनका भाइले बताए । यस विषयमा महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा उजुरी दिइसकेको र प्रहरीले खोज तथा अनुसन्धान भइरहेको जानकारी दिएको दिइएको छ । घटनाको प्रवृति हेर्दा सभापति दाहाल आफै कलंकीतिर गएको देखिएकोले अपहरणको आशंका भन्न नसिकने बुझाइमा प्रहरी रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *