सम्पर्क समितिमा नयाँ नेतृत्व

Nayabimarsha (Weekly Newspaper from Nepal)

रसुवा/ नेपाली कांग्रेस रसुवा–काठमाडौं सम्पर्क समितिको पाँचौं अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय सदस्य मोहन आचार्यको प्रमुख आतिथ्यमा काठमाडौंमा अधिवेशनको उद्घाटन भएको थियो ।
सो कार्यक्रममा रसुवा जिल्ला स्थायी ठेगाना रही हाल काठमाडौं कार्यक्षेत्र बनाई बसोबास गर्ने कांग्रेसप्रति आस्थावान् नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ । सो अधिवेशनबाट अध्यक्षमा विप्लव खड्का, उपाध्यक्षमा बलराम मोक्तान, महिला उपाध्यक्षमा देउती पौडेलसहित प्रथम सचिवमा छिरिङ धिण्डुप लामा र द्धितीय सचिवमा दिनेश तामाङ सर्वसम्मत चयन भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *