अर्थमन्त्रालयमा सहसचिवहरुको व्यापक सरुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका १० जना सहसचिवहरुको सरुवा गरी आफूले भनेको मान्ने ‘एस म्यान’ हरुलाई विमानस्थल (एयरपोर्ट) र वीरगञ्ज भन्सारमा पठाएका छन् । करको दायरा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माले त्यसैलाई कार्यान्वयन गर्न ‘एस म्यान’ हरु हेरफेर गरेको चर्चा चलेको छ ।
यो सरुवा अनुसार एयरपोर्ट भन्सार प्रमुखमा अरुण पोख्रेल र वीरगञ्ज भन्सार प्रमुखमा नवराज ढुंगानालाई पठाइएको छ । एयरपोर्ट भन्सारका प्रमुख महेश भट्टराईलाई भन्सार विभाग, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख शम्भु मरासिनी (सचिव मधु मरासिनीका भाइ) लाई महालेखा नियन्त्रकको कार्यालय, महालेखाका नवराज ढुंगानालाई वीरगञ्ज भन्सार, भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
यसैगरी मन्त्रालयका प्रवक्ता समेत रहेका दुण्डी निरौलालाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहल, ठूला करदाताका शिवलाल तिवारीलाई तालिम केन्द्र र मन्त्रालयका राजेश्वर ज्ञवालीलाई ठूला करदाता प्रमुखमा सरुवा गरिएको छ । यसैगरी तालिम केन्द्रका प्रमुख सुमन दाहाललाई अर्थ मन्त्रालयको वित्तीय संघीयता महाशाखा र उक्त ठाउँका बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ । हाल अर्थमन्त्रालयमा अर्थसम्बन्धी ज्ञानै नभएका कर्मचारी, अर्थसचिव, राजश्व सचिव र सहसचिवहरुको बोलवाला रहेकाले अर्थतन्त्र धराशयी बन्दै गैरहेको जानकारहरुले बताएका छन् । अर्थमन्त्री शर्मा, अर्थसचिव कृष्णहरि पुष्कर ‘कर्ण’, राजश्व सचिव रामेश्वर दंगाल प्रशासनका भए पनि अर्थमा तर मारिरहेका सहसचिवहरुको हालीमुहाली गर्ने दिन मंसिर–पुषसम्म भएको समाचार स्रोतले बताएको छ ।
अर्थमन्त्रीलाई अर्थतन्त्र र आर्थिक अवस्थाकाबारे सही सूचना दिन नसक्ने अर्थसचिव पुष्कर र राजश्व सचिव दंगालका कारण अर्थसूचकहरु ओरालो लाग्दै गैरहेको आर्थिक जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *