ग्लोबलले सन्राइज क्यापिटल रोज्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाडौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” भन्ने कार्यक्रममार्फत पाँच अर्ब रुपियाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ । यसका लागि ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि.मा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *