विकास निर्माणका काम गर्न मेरो उम्मेदवारी हो

Nayabimarsha (Weekly Newspaper from Nepal)

जगत सागर महर्जन

प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार,

काठमाण्डौ क्षेत्र नं ६ (क)

तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ६ (क) मा राप्रपा उम्मेदवार बन्नु भएको छ, कस्तो लागि रहेको छ ?

हाम्रो पार्टीले नेतृत्व परिवर्तन गरेदेखि हाम्रो पार्टीप्रति जनआस्था बढ्दै गएको अवस्थामा पार्टीले विश्वास गरी उम्मेदवार बनाएकोमा म बहुत खुसी छु ।

यस क्षेत्रमा तपाईको उम्मेदवारी किन ?

यस क्षेत्रमा मेरो उम्मेदवारी किन भने कांग्रेसमा एमालेबाट चुनिएर गएर प्रतिनिधिबाट यो क्षेत्रलाई वेवास्था गरी कुनै पनि किसिमका विकास निर्माण कार्य गर्न नसकेका कारण जनताको इच्छा अनुसारका विकास निर्माणका कार्य गर्न मेरो उम्मेदवारी हो ।

मतदातामाझ तपाईले राखेका एजेण्डा बताइ दिनुस न ?

मतदातामाझ मैले राख्ने एजेण्डा पार्टीको एजेण्डाभन्दा फरक हुने कुरै भएन । पार्टीका घोषणापत्र अनुसार संवैधानिक राजसंस्था, हिन्दु राज्य स्थापना तथा प्रदेश सरकारको खारेजी रहेको छु । हाम्रा अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ, यहि हाम्रो मार्गदर्शन हो । यहि कुरा हामीले जनतालाई बुझाईरहेका छौँ ।

यस क्षेत्रका मुख्य के के समस्या छन् ?

यस क्षेत्रका मुख्य समस्या भनेको मेलम्ची खानेपानीको आशा गर्दै पानीको अभावमा जिन्दगी बिताई रहेका छन् । विकास निर्माण ढप्प छन्, रोजगारीको समस्या विकराल छ, यि र यस्तै समस्या यस क्षेत्रमा छ । राप्रपाले जितेमा यो समस्या हामीले नै समाधान गर्न प्रतिवद्ध छौ । हामी बाहेक अरुले यस समस्या समाधान गर्छन जस्तो मलाई लाग्दैन ।

तपाई राजनीति बाहेक अन्य कुन पेशाबाट परिचित हुुनुहुन्छ ?

मेरो पुख्र्यौली राजनीतिक पेशा नै हो । मेरो बुबा काठमाण्डौ महानगरपालिका वडा नं २७ (असन) को वडा अध्यक्ष रहनु भएको थियो । त्यसपछि राजनीतिमा म सक्रिय हुँदै आएको छु । म खानेपानी योजनाहरुका सामाग्रीहरुको व्यापार व्यवसाय गर्दै आएकोमा हाल पूर्ण रुपमा राजनीतिमा सक्रिय छु ।

तपाई निर्वाचित भइसकेपछि प्रतिवद्धतामा भएका सबै कुरा पूरा गर्नु हुन्छ त ?

प्रतिवद्धतापत्र भन्दा बाहिरका काम गर्ने कुरै भएन, समय लाग्ला, प्रतिबद्धतामा भएका कुराहरु पूरा गर्न प्रतिवद्ध छुु ।

तपाईले प्रतिस्पर्धा अहिले कुन दलसँग छ ?

जनतासँग तिरस्कृत भएका दलसँग मेरो के को प्रतिस्पर्धा ? मेरो कोही प्रतिस्पर्धी छैनन् । म जनताको उम्मेदवार हुँ । यहि क्षेत्रमा हुर्के बढेका, यसै क्षेत्रका जनताको सुख, दुःखमा साथ दिँदै आएको उम्मेदवार हुँ । यसैले यस क्षेत्रको म बलियो दावेदार हुँ ।

अन्तमा यस क्षेत्रका मतदातालाई तपाईको सन्देश दिनुस न ?

देशमा प्रजातन्त्र स्थापना भएदेखि अरु दलहरुले पालैपाली जनतालाई झुक्याउँदै देशलाई खोव्रmो बनाएर देशलाई नै असफल राष्ट्र हुने सम्मको अवस्थामा पु¥याएको हुँदा मुलुकको एक मात्र राष्ट्रवादी पार्टी, राप्रपाले स्वच्छ छविका अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा देश विकास गर्न र भ्रष्टाचार नगर्न प्रतिवद्धता साथ हामी जनतामाझ गइरहेका छौँ । यस पटकको लागि राप्रपाको विकल्प छैन । त्यसैले यस क्षेत्रमा हलो चिन्हमा मतदान गरी राप्रपालाई विजयी बनाइदिनु हुन अनुरोध गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *