उदयपुर सिमेन्टमा न्यौपाने नै

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको पदावधि थप गरिएको छ । नेपाल सरकारको पूर्णस्वामित्व रहेको उक्त उद्योगमा महाप्रबन्धक न्यौपानेलाई पुनः एक वर्षको लागि पदावधि थप गरिएको हो । दुई वर्षे कार्यकालको लागि नियुक्त भएका न्यौपानेको कार्यलाई सन्तोषजनक ठानी सरकारले थप एक वर्षको लागि नियुक्त गरेको हो ।
२०७७ साल पुष २० गतेको मन्त्रिपरिषद्को निर्णयले उद्योगको महाप्रबन्धकको रूपमा न्यौपानेलाई नियुक्त गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सरकारी उद्योग तथा संस्थान शाखाले बुधवार न्यौपानेलाई एक वर्षको कार्यकाल थप गरेको पत्र पठाएको समाचार स्रोतले जानकारी दिएको छ ।
पदावधि भएपछि प्रतिक्रिया दिंदै ‘म दुई वर्षको कार्यकालको लागि महाप्रबन्धक पदमा नियुक्त भएको थिएँ । मैले गरेको कामलाई हेरेर सरकारले एक वर्षको लागि पदावधि थप गरेको पत्र पाएको छु । भोलिका दिनमा उद्योगलाई अझै राम्रो गरेर लैजाने छु ।’ भनेका छन् । आगामी दिनमा उद्योगलाई थप नाफामा लैजाने गरी काम गर्ने बताए । उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लैजाने गरी काम गरिरहेको जानकारी गराउँदै उनले पुराना जीर्ण मेसिनहरू फेर्नुपर्ने मात्रै समस्या रहेको बताएका छन् । जीर्ण मेसिनहरू फेर्न सकिएको खण्डमा उत्पादन बढ्ने तथा उद्योगका लागि बजारको अभाव नरहेको दाबी पनि उनले गरेका छन् ।
लगातार घाटामा जाँदै आर्थिक वर्ष २०७६÷७७ सम्म साढे पाँच अर्ब सञ्चित नोक्सानी यस उद्योगले व्यहोरेको थियो । महाप्रबन्धकका रूपमा न्यौपाने त्यहाँ पुगेपछि यसले नयाँ गति लिएको बताइन्छ । पहिले दैनिक चार हजार बोराभन्दा कम सिमेन्ट उत्पादन गर्दै आएकोमा उनले आर्थिक वर्ष २०७८/७९ मा सात हजार चार सय बोरा सिमेन्ट उत्पादन गरेका कारण उद्योग अग्रगतितर्फ उन्मुख भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *