काठमाडौं/अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशक (डिजी) परिवर्तन गरेका छन् । गत मंसिर ४ गतेको निर्वाचनका कारण रोकिएको सरुवा उनले गत मंसिर २५ गते गरेका हुन् । अर्थमन्त्री शर्माले त्यसअघि आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई मन्त्रालय तानी उक्त ठाउँमा मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई सरुवा गरेका थिए ।
भन्सार विभागको डिजीमा सरुवा भएका बुढा मन्त्रालयको बजेट महाशाखा प्रमुख थिए । भन्सार विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका कमल भट्टरार्ईले लक्ष्यको आधा पनि राजश्व उठाउन नसकेपछि क्षमतावान् बुढालाई सरुवा गरिएको अर्थमन्त्रालय उच्च स्रोतले बताएको छ । बुढालाई पठाएपछि राजश्वको लक्ष्य पूरा हुने र विभागले काँचुली फेर्ने विश्वास गरिएको छ ।
नयाँ सरकार गठनको प्रकृया अघि बढ्दै गर्दा अर्थमन्त्री शर्माले सरुवाप्रति चासो दिनुलाई चलखेलको आरोप पनि लागेको छ । यता, नयाँ सरकारमा गठबन्धनबाट अर्थमन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रले पाए शर्मा र शक्ति बस्नेतबीच अर्थमन्त्री बन्न होडबाजी चल्ने चर्चा चलेको छ । काँग्रेसले गृहमन्त्रालय अरुलाई दिएर संकटग्रस्त बनेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफैंले राख्ने तयारी गरेको समाचार स्रोतले जानकारी दिएको छ । आन्तरिक राजश्व विभाग र भन्सार विभागका नव नियुक्त महानिर्देशकद्वय मैनाली र बुढाले राजश्व असुलीमा कुनै कसर बाँकी नराखी समृद्धिको लागि अगाडि बढ्ने अर्थमन्त्रालय स्रोतले बताएको छ ।
भन्सारको महानिर्देशकमा चक्र बुढा
Facebook Comments Box