साह सचिवमा बढुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत मंसिर २५ गते बसेको मन्त्रिपरिषद्को बैठले प्राविधिक सचिवमा रामआधार साहलाई बढुुवा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रा. सहसचिव साह वरिष्ठताको हिसाबले एक नम्बरमा थिए । यसअघि सरकारले साहलाई नैतिक पतनको अभियोगमा वरिष्ठताको तेस्रो नम्बरमा रहेका केशवकुमार शर्मालाई सचिव पदमा बढुवा गरेको थियो ।
सचिव पदमा बढुवा भएका साहलाई पेट्रोलियम काण्ड लगायतका आरोप लगाइएको थियो । शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहको अनिवार्य अवकाशपछि रिक्त सचिवमा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबावु पुडासैनी र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको नाम सिफारिस गरेको थियो ।
अघिल्ला बढुवामा सडककै तेस्रो नम्बरका शर्माले बाजी मारेपछि यस पटक पनि साहले त्रसित बनी निन्याउरो मुख लगाउन थालेका थिए । यस पटक साहलाई लोसपाका अध्यक्ष महन्थ ठाकुरको जोडबलले सचिव बनाएको जानकारहरुले बताएका छन् ।
यता, साह बढुवा भएकै दिन शहरी विकास मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका प्राविधिक सचिव सुरेश आचार्य सरुवा भै मंसिर २६ गते पद बहाली गरेका छन् । साह सहरी विकास मन्त्रालयमा जान मुख मिठ्याएर बसेका थिए । बढुवा भएका साह प्रधानमन्त्री कार्यालयमै पदस्थापन भएका छन् । खानेपानी मन्त्रालयबाट मन्त्री उमाकान्त चौधरीले हटाएका सचिव आचार्यलाई शहरी विकास मन्त्री मेटमणि चौधरीले भित्र्याएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *