स्ट्याण्डर्ड टेलर्स समस्त ग्राहकको रोजाईमा छ

Nayabimarsha (Weekly Newspaper from Nepal)

दुर्गालाल प्रधान
प्रोप्राइटर, स्ट्याण्डर्ड टेलर्स, बागबजार
यति बेला टेलर्सहरुको अवस्था कस्तो छ ?
पुस महिनामा टेलर्सहरु कम चल्छन् । माघ फागुनमा राम्रो हुने हामीले विश्वास लिएका छौं । हाम्रो स्ट्याण्डर्ड टेलर्समा ग्राहकको रुचि अनुसारका कपडाहरु पनि सिलाइन्छ । खासगरि विवाह व्रतवन्धमा घरका सबै सदस्यहरु एउटै कलरको सुटहरु सिलाउने चलन भइसकेको छ । बागबजार स्थित पद्मकन्या (पिके) क्याम्पसको अपोजिट रहेको यस टेलर्स समस्त ग्राहकको रोजाईमा छ । समग्रमा भन्नु पर्दा पहिले भन्दा यो व्यवसाय राम्रो छ ।
त्यसो भए यस व्यवसायबाट तपाई सन्तुष्ट नै हुनुहुन्छ ?
अहिले सन्तुष्ट नै छु । अझै राम्रो हुने आशा लिइ रहेको छु । माघ फागुन विवाहको सिजन हो । हामी कुनै पनि विदेशी कपडाहरुको सुट आकर्षक रुपमा सिलाउँछौ । त्यसैले आम ग्राहकको पहिलो रोजाईमा स्ट्याण्डर्ड टेलर्स परेको छ ।
यस क्षेत्रमा कहिलेदेखि लाग्नु भएको हो ?
२०५१ सालदेखि म टेलर्स व्यवसायमा लागिरहेको छु । त्यतिबेला हामीले यो टेलर्स खोल्दा बागबजारमा जम्मा ४–५ वटा टेलर्स मात्र थिए । अहिले बागबजारमा ५ दर्जन टेलर्स पुगिसकेको छ । त्यसैले धेरै प्रतिस्पर्धा रहेको छ । तर पनि हाम्रो टेलर्सको राम्रै व्यापार छ ।
तपाईकै टेलर्समा ग्राहक किन आउने त ?
हाम्रो सेवा राम्रो छ । अन्त भन्दा २५ प्रतिशत सस्तो छ । पुरानो पसल भएको कारणले हाम्रो पसल (टेलर्स)मा पुराना ग्राहकको उपस्थिति राम्रो छ । हामी कहाँ एक पटक कपडा सिलाउन आएपछि ग्राहकहरु निरन्तर रुपमा आइरहन्छन् । यो हामीले गर्व गर्ने पक्ष हो ।
पहिले भन्दा अहिले कपडाहरुमा धेरै महँगी भएको हो ?
सिलाईमा पहिले भन्दा भाउ बढ्यो तर कपडाहरुमा त्यति महँगी बढेको छैन ।
यो व्यवसायप्रति सरकारी नीति कस्तो छ ?
सरकारी नीति राम्रै छ । अझ राम्रो टेलर्स मैत्री नीति आइदिवस भन्ने हाम्रो चाहना छ । हामी सरकारी नीति अनुसारै अघि बढिरहेका छौं ।
एक कपडा व्यवसायीको रुपमा तपाईले मुलुकको राजनीतिलाई कसरी लिनु भएको छ ?
म राजनीतिमा त्यति सक्रिय त छैन, आफ्नै व्यापार व्यवसाय गरेर बसिरहेको छु । देशको राजनीति राम्रो होस् भन्ने चाहन्छु ।
अन्तमा तपाई आफ्ना ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
ग्राहकहरुकै माया ममताबाट हाम्रो टेलर्स चल्ने हो । त्यसैले सधै हाम्रो टेलर्समा आइरहनुहोस् । रोजेकै हाम्रो व्राण्डको कपडा सिलाएर लगाई दिनुहोस् । तपाईहरुकै सद्भावले नै हामी अझ व्यापक रुपमा अघि बढ्न सहयोग मिल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *