जडिबुटीको उत्पादन पस्कँदै भुषाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जडिबुटीका उत्पादनको माग विश्वव्यापी बन्दै गए पनि नेपालमा भने त्यसलाई चिन्न नसकिएको भन्दै चिन्ता व्यक्त गर्नेमा पर्छन् निमकान्त भुषाल । जडिबुटीसम्बन्धी राम्रो ज्ञान भएका भुषाल आफ्नै अनुभव तथा अध्ययनले जडिबुटीसँग जोडिएका उत्पादन लिएर नेपाली बजारमा आउँदा नेपाली उपभोक्ताले श्रीखण्ड र खुर्पाको बिंडको भिन्नता छुट्याउन नसकेको भन्दै दुःख व्यक्त गर्न थालेका छन् ।
पानश हर्बल उद्योग प्रा.लि.का संचालक समेत रहेका भुषालले विभिन्न जडिबुटीबाट घरायसी प्रयोगमा आउने सामानहरु उत्पादन गरी बजारमा ल्याएका छन् । उनले उत्पादन गरेका ब्लाक आयल र स्याम्पो नेपाली बजारमा बढी लोकप्रीय रहेका छन् । उनले आफ्नै अध्ययन र अनुभवबाट उत्पादन गरेका ती सामान नेपाली बजारका अतिरिक्त भारतीय बजारमा समेत लोकप्रिय रहेको अवस्थामा उत्पादन लागतको समस्याका कारण सहज रुपमा पु¥याउन नसकेको गुनासो गर्छन् ।
‘कोरोना भाइरसको सन्त्रासको कारण त्यसपछिका दिनमा थप उत्पादनका लागि लगानी बढाउन नसक्दा राम्रो र उपयोगी उत्पादनलाई बढावा दिन पाएका छैनौं । नेपाली उपभोक्ता असली सामानको पहिचान गर्न नसक्दा विदेशी सामान महंगोमा किन्न बाध्य छन् ।’ नेपाली बजार र अवस्थाको बारेमा बताउँदै भुषाल भन्छन्, ‘नेपालीले विदेशी भन्दा गुणस्तरीय सामान नेपालमै पाउँदा पनि त्यसलाई महत्व नदिंदा नेपाल सरकारले यस्ता उत्पादनमा आयातलाई बढावा दिनुपर्ने अवस्था छ ।’
नेपाली बजारमा एकताका निक्कै नै चर्चामा रहेको ब्लाक आयल नामक कपालमा लगाउने तेल उनले उत्पादन गरेपछि नेपाली बजार निक्कै नै तातेको थियो । विदेशी बजारले पिटेको अवस्थामा यस्तो सामान नेपालमा ल्याउँदा यसको प्रयोगकर्ताले कपाल नझर्ने मात्र होइन कि उमार्नेसम्मको कार्य गरेको भनी यसको माग गर्न थालेका थिए । यसरी माग बढे पनि नेपाली बजारमा उधारोमा सामान दिन सक्ने किसिमको लगानीको अभावका कारण आफूले आफ्ना सामानलाई नचाहेर पनि प्रतिस्पर्धामा कमी ल्याउनुपर्ने अवस्थामा पुगेको उनी दुखेसो गर्छन् ।
पछिल्लो समय उनको अर्को उत्पादन स्याम्पो सहित ब्लाक आयललाई बजारमा ल्याएका छन् । यी उत्पादन नेपाली उपभोक्ताका माझ लोकप्रिय हुँदै गएका छन् । यी उत्पादनको आधिकारिक बजार विक्रेताको रुपमा शिवशक्ति हेल्थ केयर प्रा.लि. रहेको छ । यसैगरी यसको बजार व्यवस्थाको प्रबन्ध मिलाएका विष्णु प्रसाद काफ्ले यसको बजार विस्तारका लागि विभिन्न कार्यक्रम र योजनासहित प्रस्तुत हुन थालेको बताउँछन् ।
शिवशक्तिको साथलाई अझ दह्रिलो बनाउँदै भुषाल आफ्ना अन्य उत्पादन सहित बजारमा प्रवेश गरेका छन् । उनका उत्पादन प्रयोगकर्ताले प्रयोग गर्न थालेपछि त्यसलाई निरन्तरता दिने खालको रहेका दाबी गदै उनी नेपाली उपभोक्तालाई नेपालीको उत्पादनलाई माया गर्न उपभोक्तासँग आग्रह गर्छन् ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *