बंगलादेशमा नेपाललाई ३ स्वर्ण र ७ रजत प्राप्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण ७ रजत र ४ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्की,१२-१३ बर्षमा कुशल खत्री र पुरुष सिनियर तर्फ -६० किलोमा बिजय रिमाल ले नेपाललाई स्वर्ण पदक दिलाए ।फाईनलमा शुसान्तले भारतका खेलाडीलाई ४-० अंक,कुशल खत्रीले बंगलादेशका खेलाडीलाई ५-३ र बिजयले बंगलादेशका खेलाडीलाई ८-६ अंकले पराजित गरि स्वर्ण पदक दिलाएका हुन ।त्यसैगरि बुद्धीमान माझी,निताश माझी ,शुसान्त खडका र प्राश्ना ढकाल, ले रजत पदकमा चित्त बुझाए। बुद्धीमान माझीले पुरुष तर्फ -५५ किलोमा बंगलादेशका खेलाडी संग ७-६ अंकले पराजित हुदै,नितासले जुनियर तर्फ -५० किलोमा बंगलादेशका खेलाडी संग ६-५ अंक,शुसान्तले चिल्ड्रेन ९-१० बर्षमा कातामा बंगलादेशका खेलाडी संग २६-२५ अंक र महिला तर्फ प्राश्ना ढकालले चिल्ड्रेन ११-१२ बर्षमा कातामा भारत संग २५-२४ र कुमितेमा बंगलादेश संग ८-७ अंकले पराजित हुदै रजत पदक दिलाए । त्यसैगरि पुरुष तर्फकै चिल्ड्रेन १३ बर्षमा शिद्धार्थ खनाल,पुरुष सिनियर तर्फ -६७ किलोमा बिर बहादुर कुमाल र अभिषेक वाईवा लामाले -७५ किलो तर्फ नेपाललाई कास्य पदक दिलाए । गत बुधवार १३ सदस्य टोली सहित सहभागी भएको टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता एवम अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नुभएको थियो ।टोलीको टिम कोचमा राम बहादुर गुरुङ्ग,अफिशियलमा शोभाकर पन्थ र गणेश ढकाल ले भुमिका निर्वाह गरेका थिए । बंगलादेश प्रस्थान गर्नु अघि उक्त टोलीलाई सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का सचिवालय प्रमुख सन्तु कुमार दरै ( परवाना ) ले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नु भएको थियो ।कराते टोली सोमवार स्वदेश फर्कने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *