एमडिएमएस लागू, महंगा मोबाइल ब्लक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत कार्तिक २० गते राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । यो प्रणाली लामो समयको प्रतिक्षापछि कार्यान्वयनमा आएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको विशेष पहलमा यो सिष्टम लागू भएको बताइएको छ । यो प्रणालीले अब अवैध रुपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैनन् र ब्लक हुनेछन् । यसको जानकारी प्राधिकरणले गत कार्तिक ४ गते नै सूचना जारी गरी १५ दिनभित्र प्राधिकरणमा दर्ता गर्न भनेको थियो । यो सिष्टम लागु भएपछि विदेशमा बसेर आएका वा घुम्न गएर आएकाहरुले ल्याएका आइफोन प्रो म्याक्स, आइफोन १५, सामसुङ लगायतका एकलाख बढी मूल्य पर्ने महंगा फोनहरु पर्नेछन् ।
गत २०७९ भदौ ३० गते देखि नै लागू हुने भनिएको एमडीएमएस सिष्टम विभिन्न दबाबका कारण रोकिएको थियो । एक वर्षपछि पुनः लागू भएको यो सिष्टमले हाइरेन्जका महंगा मोबाइल नियन्त्रण गरी राज्यलाई करको दायरामा ल्याउने प्राधिकरणको उद्देश्य भएको बताइएको छ । सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमईआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्तो फोन स्वतः एमडीएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *