कामना सेवा र मुक्तिनाथको खबर यस्तो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ कामना सेवा विकास बैंकले साधारणसभा गर्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले पुस १७ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको बैंकले जनाएको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।
यसैगरी मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका कार्यालयमा गोला प्रथाबाट आईपीओ बाँडफाँड भएको हो । कम्पनीले जारी गरेको आईपीओमा १३ लाख २२ हजार नौ सय ५४ जनाले कुल एक करोड ४३ लाख २८ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । जसमा एक लाख १४ हजार आठ जनाले मात्र शेयर हात पार्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *