ढुंगानाको संयोजकत्वमा नयाँ समिति

Nayabimarsha (Weekly Newspaper from Nepal)
पिएमणि भट्टराई

सुनसरी/ योगदान राष्ट्रको लागि सुनसरी जिल्ला अध्यक्षमा पुष्प ढुंगानालाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा सुजता अधिकारी र सचिवमा कमल आचार्यलाई चयन गरिएको जनाइएको छ । बाँकी पदाधिकारीहरु पछि मनोनीत गरिने जनाइएको छ ।
नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आईपर्ने दुर्घटना महामारी, आपतकालीन अवस्थाकालागि जनशक्तिको विकास गर्ने उद्देश्य रहेको जनाइएको छ । बुधबार सुनसरीको रामधुनीस्थित धुगी बगिया थारु भिलेजमा एक कार्यक्रमको आयोजना गरी संस्थाको उद्देश्यबारे प्रकाश पारिएको थियो ।
संस्थाका केन्द्रीय अध्यक्ष ओमप्रसाद उपे्रतीले राष्ट्रको लागि योगदान गर्नु नै मानवीय धर्म हो त्यसैले स्वय्म सेवकको भावनाले गर्ने सेवा भावलाई अभियानको रुपमा देश व्यापी पु¥याउने संस्थाको उद्देश्य रहेको बताए । संस्थाले आधारभूत स्वास्थ्य सेवाकोलागि प्राथमिक उपचार सम्बन्धी तालिमले समाजमा हुन सक्ने दुर्घटना र क्षतीलाई जोगाउन सकिने भन्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा सस्थाकोलागी स्वयंसेवक उत्पादन गर्ने स्थानीय पालिकाहरुकोलागि बराहमा प्रतिश श्रेष्ठ, इटहरीमा तेजनारायण चौधरी, धरानमा शेषकुमारी घिमिरेलाई संयोजकमा चयन गरिएको जिल्ला अध्यक्ष ढुंगानाले जनाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *