नक्कली कागजात बनाई उडाउने फन्दामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली कागजपत्र बनाएर पर्यटक प्रवेशाज्ञा (भिजिट भिजा) मा विदेश पठाउने गिरोहमा संलग्नहरु पक्राउ परेका छन् । यसरी पठाउने गिरोहमा सरकारी कर्मचारीदेखि वायुसेवा निगमका कर्मचारीहरु पनि जोडिएका प्रहरीले जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा ट्राभल एजेन्सीका सञ्चालक समेत रहेका तथा हालसम्म ३२ जनालाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाइएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरका गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर विदेश पठाउने कार्य भएको हो ।
पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक छजना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, नेपाल वायुसेवाका दुईजना र अन्य ११ जना रहेका जनाइएको छ । नौजनामाथि संगठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ । यसैगरी आठजना धरौटीमा छुटिसकेका पनि जनाइको छ ।
पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेका छन् । ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल पक्राउ परेका जनाइएको छ । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *