कुलपति राईलाई अमेरिकामा सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा बस्नेत अमेरिकाको मेरिल्याण्डमा सम्मानित भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीद्वारा राई र बस्नेतलाई सम्मान गरिएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना गरी गरिएको सो सम्मान कार्यक्रमलाई कुलपति राईले सम्बोधन गरेका थिए । उनले आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन यस सम्मान कार्यले प्रेरणा मिलेको बताए ।
यसैगरी बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको जानकारी दिए । यस्तै, मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्ने भनी जोड दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *