विदेशी लेखकका किताब नेपालमा प्रकाशित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ३० भाषामा २७ किताब प्रकाशित गरेका एकजना विदेशी लेखकको दुई पुस्तक नेपालमा पनि प्रकाशन गरिएको छ । इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तकको विमोचन यहाँ गरी उनको पुस्तक नेपालमा पनि विमोचन हुने अवसर पाएको हो ।

१५ देशहरुमा विभिन्न भाषामा उनका पुस्तकहरु अनुवाद भइसकेका छन् । पुस्तक सेट योउर्सेल्फ बिगर गोल्स अंग्रेजीमा र ‘पुँजीवादः भ्रम, वास्तविकता र तथ्य’ को नेपाली अनुवादको विमोचन यहाँ भएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, शोधक तथा समृद्धि फाउन्डेसनकी निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यान स्वंयले ती दुई पुस्तक विमोचन गरे । पुस्तकका अनुवादकहरु सकुनकुमार जोशी, टेकनारायण ढकाल, र नरेन्द्रविक्रम जि.सी. रहेको पनि जानकारी गराइएको छ ।
लेखक जिटलम्यान जर्मन नागरिक हुन् । विमोचन कार्यक्रममा जिटलम्यानले आपूmले ‘पुँजीवादः भ्रम, वास्तविकता र तथ्य’ मा पुँजीवादका सम्बन्धि संसारभरी व्याप्त भ्रमहरुको तथ्यपरक चिरफार गर्न खोजेको बताएका थिए । पुँजीवादलाई लाग्ने १० किसिमका आरोपहरुको मिहिन छानबिन गरी ऐतिहासिक प्रमाणहरुको सहयोगले ती आरोपहरुको सत्यतामा खोट औंल्याएको पनि जनाए ।
सेट योउर्सेल्फ बिगर गोल्समा ५० सफल व्यक्तित्वहरुको आत्मकथा अध्ययन गरी ती सबै जीवनीमा रहेका समान रेशाहरु केलाएको पनि बताए । अर्नोल्ड स्वार्जनेगरजस्ता विश्व प्रसिद्ध हस्तीहरुको उदाहरण दिँदै उनले विभिन्न कठिनाइ, कष्ट र दुःख सहेर पनि ठूलो सपना र दृढ संकल्प विकास गर्न सके सफलता हात लाग्ने कुरा ती किताबद्वारा पाठकहरुलाई बुझाउन खोजेको पनि उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *