पत्रकार सिलवाल पशुपति कोषमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकास कोषमा विज्ञ नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्ले सिलवाललाई विज्ञमा नियुक्त गरेको हो ।
सरकारको नीति अनुसार भगवान् पशुपतिनाथको महिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक, आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास, संरक्षण, संवद्र्धन आदिका लागि उनलाई विज्ञको रुपमा नियुक्त गरिएको हो ।
कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षकको रुपमा समेत आफूलाई प्रस्तुत गर्दै आएका छन् । कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तक सिलवालका प्रकाशित कृति हुन् । उनी गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।
सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रूपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरी त्यो बेला चर्चा पनि पाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *