सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले बढुवा गरेको छ । आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली थियो । यसैगरी आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । आयोगले न्याय सेवाका पाँचजना सहसचिवहरुको सरुवा पनि गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेललाई न्यायपरिषदमा सरुवा गरिएको छ ।
न्याय परिषदका सहसचिव मानबहादुर कार्कीलाई उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेललाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *