विश्व प्रसिद्ध युट्युव स्टार नेपालमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्ट नेपाल आएका छन् । उनी आप्mनो टीम सहित नेपाल आइपुगेका हुन् । उनले ‘सेक्रेट मिसन’ का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् ।
उनी सन् २०२३ मा टि–सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’ लाई युट्युबमा दुई करोड ५० लाख जनाले पछ्याएका बताइन्छ । विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ । उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुम्ने उनले डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको सार्वजनिक गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *