युथ क्रियशनको ट्यालेन्ट शो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ युथ क्रियशनले मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो आयोजना गरेको छ । कुकु लन्ज एन्ड इभेन्टमा सम्पन्न कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए ।
कार्यक्रमले निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका विमला लिम्बु र लोकदोहोरी गायक बलबहादुर गुरुङ रहेका थिए । मुख्य निर्णायकको रुपमा बोल्दै लोकदोहोरी गायक गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए । उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने बताएका थिए । यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने धारणा उनको थियो ।
युथ कृयशनका अध्यक्ष रवि लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुने विश्वास व्यक्त गरे । कार्यक्रमको फाइनल भने पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *