सन्दीपलाई फैसला अमान्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेका क्रकेटर सन्दीप लामिछानेले उक्त पैmसलालाई चुनौती दिने भएका छन् । आठ वर्ष कैद सजाय अदालतले गरेको अवस्थामा त्यसमा उनले चित्त नबुझाई त्यसविरुद्ध उच्च अदालतमा जाने तयारी गरेको समाचार स्रोतले दाबी गरेको छ । लामिछानेबाट पाँच लाख रुपियाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरिएको अवस्थामा लामिछानेले अदालतको उक्त फैसला न्योयोचित नभएको भन्ने गुनासो गरेको पनि समाचार स्रोतले बताएको छ ।
उनलाई कैदबाहेक तीन लाख रुपियाँ जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । ‘परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम आठ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख रुपियाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९÷०८० लाई भराइदिने ठहर भएको छ ।’ भनी अदालतले फैसलाको संक्षेपमा जानकारी गराएको छ ।
मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउने भएकाले सन्दीपले सोही कुरालाई आधार बनाई पुनरावेदनमा जाने भएका बताइएको छ ।
२०७५ भदौ ५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६) लाई भेटेका, पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *