क्रिकेट रंगशाला निर्माणको मार्ग खुल्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि मार्ग खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएपछि यस्तो अवस्था आएको हो ।
महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान मन्त्रिपरिषदको बैठकले गरेको हो । महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपियाँको काम गर्ने गरी सहमति भइसकेको अवस्थामा भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपियाँ लाग्ने देखिएको थियो । पहिलो चरणमा खेल मैदान र प्याराफिट लगायतका काम सकेर खेल खेल्न मिल्ने बनाइने जानकारी महानगरपालिका स्रोतले दिएको छ ।
पहिलो चरणमा एक अर्बको काम गर्नैपर्ने देखिएकाले ७० करोड प्रदेशलाई व्यवस्था गर्न तथा ३० करोड महानगरले व्यवस्था गर्ने गरी तयारी थालेको हो । रंगशाला निर्माणको कार्य धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर शुरु गरेको थियो । सो कार्य गर्ने क्रममा १९ करोड रुपियाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडिएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *