संचयकर्ताका दम्पत्ति मालामाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ कर्मचारी सञ्चय कोषले आगामी फागुन १ गतेदेखि सञ्चयकर्ता दम्पतीलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने भएको छ । कोषले सूचना जारी गर्दै साबिकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराइँदै आएको सो सुविधा सञ्चयकर्ता दम्पत्तिले समेत पाउने व्यवस्था मिलाएपछि दम्पत्ति नै मालामाल हुने अवस्था आएको हो ।
कोषले २०७६ सालदेखि सञ्चयकर्ताले अस्पतालमा भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा एक लाख र १२ घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्मको स्वास्थ्यउपचार सुविधा उपलब्ध गराउँदै आएको अवस्थामा नयाँ नीति लिने भएको हो । सञ्चयकर्तालाई मात्र उपलब्ध गराइएको सो सुविधा सञ्चकर्ताका पति वा पत्नीलाई पनि प्रदान गरिने व्यवस्था कोषले मिलाउने भएको हो ।
उक्त सुविधा सञ्चालनका लागि अस्पतालको सूची तयार भइरहेको कोषले जनाएको छ । सूचीकृत अस्पतालमा मात्र सञ्चयकर्ता वा पति तथा पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न पाइने व्यवस्था कोषले मिलाउने भएको जनाइएको छ ।
सञ्चयकर्तालाई वित्तीय सेवा र सामाजिक सुरक्षा सेवा उपलब्ध कोषले उपलब्ध गराउँदै आएको छ । सञ्चयकर्तालाई विशेष, घर, शैक्षिक र घर मर्मत सापटी, जग्गा खरिदमा कर्जा तथा स्वास्थ्यउपचार सुविधा, काजकिरिया अनुदान, सुत्केरी एवं शिशु स्याहार र दुर्घटना क्षतिपूर्ति लगायतका शीर्षकमा कोषले सुविधा प्रदान गर्दै आइरहेको छ । कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार सञ्चयकर्ता सूचीकृत रहेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *