प्रसनि भण्डारी अख्तियारको फन्दामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस/रिसवत लिएको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपियाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचा, बाँकेबाट बुधबार नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *