एडीबीका सडकले विस्तारै गति लिँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सडक निर्माणको अवस्था ध्वंश बन्दै गैरहेको वर्तमान परिप्रेक्ष्यमा आयोजना निर्देशनालय (एडीबी) अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुले गति लिन थालेको छ । तात्कालीन आयोजना निर्देशक सरोज प्रधानका पालामा शुरु भएको नारायणघाट बुटवल सडकले ५२ महिनासम्म गती लिन नसक्दा यात्रुहरुले सास्ती खेप्दै आइरहेका छन् ।
सरोज प्रधान, दीपक श्रेष्ठ, सुशीलबाबु ढकाल, उमेश विन्दु श्रेष्ठ आयोजना निर्देशक हुँदा नारायणघाट बुटवल सडक खण्डमा २०७९ चैतसम्म २७ दशमलब ६१ प्रतिशत काम कछुवा गतिमा भैरहेको थियो भने मुग्लिन–पोखरा खण्डमा दीपक श्रेष्ठदेखि सुशीलबाबु ढकाल र उमेश विन्दु श्रेष्ठ आयोजना निर्देशक हुँदा कूल १३ दशमलव ४८ प्रतिशत काम भएको थियो । पछिल्लो नौ महिनामा चुडाराम ढकाल र आयोजना निर्देशक (२०८० जेठ) भएर आएपछि एक सय १० कि.मि. नारायणघाट बुटवल सढक खण्डको प्रगति ४३ प्रतिशत र ७० कि.मि. मुग्लिन–पोखरा सडक खण्डको प्रगति दोब्बरले बढेर २७ दशमलब ४८ पुगेको समाचार श्रोतले बताएको छ ।
त्यसैगरी कमला–कञ्चनपुर सडकले पनि गति लिएको छ । नारायणघाट–बुटवल सडक खण्डमा ५२ महिनामा कालोपत्रे ५ दशमलब २९ कि.मि. अस्फाल्ट–२०० मिटर, बेस २३ दशमलब ४८ किमी, सबबेस ३८ दशमलब ६३ कि.मि. पुल २९ वटा र कल्भर्ट दुई सय १९ वटा थिए । पछिल्लो नौ महिनामा कल्भर्ट ७५ वटा, पुल निर्माण ७ वटा सबबेस २० दशमलब ४१ किमी, बेस २४ दशमलब ५१ कि.मि. कालोपत्रे ३३ दशमलब एक कि.मि. र अल्फाल्ट नौ कि.मि. भएको समाचार श्रोतले बताएको छ ।
त्यसैगरी मुग्लिङ–पोखरा खण्डमा पनि भौतिक प्रगतिले गति लिएको छ । हाल यी सडकहरुको भौतिक प्रगतिका लागि भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र आयोजना निर्देशक चूडाराज ढकालले ठेकेदार कम्पनीलाई निरन्तर दबाब दिएपछि निर्माण कार्यले गति लिएको समाचार स्रोतले जानकारी दिएको छ ।
वर्खामा हिलो र हिउँदमा धुँवा धुलोको सास्ती खेप्दै आइरहेका यात्रु र सवारी साधनले यही गतिमा निर्माण भए राहत पाउने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *