कर्मचारीलाई काम चोरको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ९० प्रतिशत कर्मचारीलाई काम चोरको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले लगाएका छन् । राईले उक्त कुरा दाङमा बताएका हुन् ।
निजामती कर्मचारीले प्राप्त गर्ने तलब बराबरको काम नगरी तोकेको सात घण्टा कार्यालयमा बसेर अधिकांश कर्मचारीले काम नगरेको बताएका छन् । भ्रष्टाचार, कमिशन र घुसको खेतीपातीमा रमाउने कर्मचारीहरुलाई राज्यले अनुगमन गर्न नसकेको वर्तमान अवस्थामा कर्मचारीहरु विहान हाजिर गरेर दिनभर भट्टीमा बसेर बेलुका हाजिर गर्ने र घर फर्कने प्रवृत्तिले जनताले सेवा पाउन सकेका छैनन् ।
हरेक कर्मचारी राजनीति दलप्रति आबद्ध रहेकाले भ्रष्टाचारको अन्त्य र सुशासनको आशा गनु कामचोर कर्मचारीहरुबाट सम्भव नहुने जानकारहरुले बताएका छन् । यसका लागि राज्यले दह्रो अनुगमन गर्ने संयन्त्रको विकास गर्नुपर्ने आवश्यकता छ । यस्ता कुराहरुबाट आजित बनेका अख्तियार प्रमुख राईले आफ्ना कार्यकालमा कामचोर, भ्रष्ट, कमिशन र घुसको पछि लाग्ने कर्मचारीहरुको सम्पत्ति पनि छानविन गर्ने र कार्यालयमा सात घण्टा नबस्ने कर्मचारीहरुलाई सिधै बर्खास्त गर्ने कानून ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेताहरुलाई भ्रष्टाचार गर्न सिकाउने नै कर्मचारी भएको श्रोतले बताएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *