१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको जनाइएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि उनले १५ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । उक्त रकमसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *