उद्योग विभागको डिजीमा कोइराला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / उद्योग विभागको महानिर्देशक परिवर्तन भएका छन् । २०८० वैशाखमा उद्योग विभागको महानिर्देशक बनेका बाबुराम गौतम नौ महिनामै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
गौतम अर्घाखाँचीकी काँग्रेस नेतृ पुष्पा भुषालको नातेदार हुन् । गौतम पुष्पा भुषालकै जोडबलमा उद्योग विभागको डिजी बनेको समाचार स्रोतले बताएको छ । १५–१६ बर्ष कर भन्सारमा बसेर एकमानाको राम्रो व्यवएस्था गरेका गौतमले व्यवसायीहरुको दबाबबाट काम गर्न नचाहेपछि र ढिलासुस्ती हिसाबले निर्णय गर्ने गरेकाले व्यवसायीहरु रुष्ट बनेका थिए ।
गौतमको सरुवा हुने चर्चा चले पछि उद्योग मन्त्रालयकै सहसचिव छवि रिजालले पनि डिजीका लागि भरमग्दुर प्रयास गरे पनि अन्ततः उद्योग मन्त्रालयकै सहसचिव यज्ञराज कोइराला विभागको महानिर्देशक बनेका छन् । मन्त्रीस्तरीय निर्णयबाट डिजी बनेका कोइरालाले गत माघ ३ गते चिठी पाएको मन्त्रालय स्रोतले बताएको छ ।
विराटनगर निवासी कोइराला काँग्रेस नेता शेखर कोइरालाको नजिकका नातेदार हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी समेत भैसकेका कोइराला गृहमा बसेका योग्य सहसचिव मानिन्छन् । प्रजातन्त्रवादी विचारधाराका कोइराला काँग्रेसले पनि अन्याय गरेर अवसर नपाएका सहसचिव हुन् । अहिले आएर उद्योगमन्त्री रमेश रिजालले उद्योग विभागको महानिर्देशक बनाएर न्याय गरेको चर्चा सिंहदरबारमा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *