उदयपुर सिमेन्टको भ्रष्टाचार अदालतमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तात्कालीन कर्मचारीहरुका विरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबार दायर गरिएको मुद्दामा तात्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जना रहेको आयोगले जनाएको छ ।
उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । तात्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन का.मु. उपनिर्देशक पवनकुमारलाल कर्ण, तात्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत (नवौँ) डेमलाल खनाल, तात्कालीन प्रबन्धक कमलराज पौडेल, तात्कालीन निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेका विरुद्धमा मुद्दा परेको हो ।
आयोगले आरोपीहरुविरुद्ध २२ लाख ७८ हजार तीन सय पाँच रुपियाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले उक्त काण्डलाई जोडेर मुद्दा हाले पनि त्यहाँ भएका अन्य भ्रष्टाचारजन्य काण्डहरु भने ओझेलमा परेको भनी जनस्तरबाट गुनासो आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *