नेतृ पोखरेलको निधन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको पार्थीव शरिरको बुधबार अन्त्येष्ठि गरिएको छ । एक सय दुई वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थति आफ्नै निवासमा बुधबार निधन भएको परिवारजनले जानकारी गराएका छन् ।
कांग्रेसका पुराना नेता स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी पोखरेलको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको बताइन्छ । संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेलकी माताका रुपमा स्वर्गिय पोखरेल रहेकी थिइन् । यसैगरी छोरीहरु प्रियंवदा र सत्यवतीकी माता समेत रहेकी द्रौपदा पोखरेलको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि योगदान रहेको थियो ।
स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरी पैदल हिँडाई पोखरामा हिरासतमा राखिएको बताइएको छ । शर्मा पोखरेल राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहेका कांग्रेसका नेता थिए । उनी कांग्रेस केन्द्रीय सदस्य भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *