खानेपानी मन्त्रीका छोरालाई स्पष्टीकरण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ खानेपानीमन्त्री महेन्द्र राय यादवको छोरा सुनिल यादव बाबुको शक्ति आडमा कर्मचारीको कोटामा विदेश सयर गरेर फर्किएका छन् । मन्त्रीपुत्र यादवलाई दक्षिणी मुलुक भारत पठाइएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले मन्त्राललाई स्पष्टीकरण पत्र काटेको छ ।
केही समय अगाडि खानेपानी मन्त्रालयको सचिवबाट सतर्कता केन्द्रमा सरुवा भएका रामआधार साहको निर्देशनमा पत्र काटिएको समाचार श्रोतले बताएको छ । अत्यावश्यक काम बाहेक मन्त्रीका स्वीकय सचिव, पि.ए. र सल्लाहकार लगायतलाई विदेश भ्रमणमा रोक लगाए पनि नियम कानूनको धज्जी उडाउँदै मन्त्रीका स्वकीय सचिव यादव भारतको उडिसा प्रदेश सरकारले आयोजना गरेको यु.एन हेबी ट्यास कार्यक्रममा एक साता सयर एवं मोज गरेर फर्किएको समाचार श्रोतले बताएको छ ।
उक्त कार्यक्रममा खानेपानी सचिव सुरेश आचार्य, सहसचिवहरु मिना श्रेष्ठ, मन्त्रालयको प्रशासन हेर्ने सहसचिव अर्जुन गौतम, ढल व्यवस्थापन विभागका महानिर्देशक, सिडिइहरु सहभागी भएका थिए । आयोजकलाई मन्त्री आफैंले फोन गरेपछि टोलीमा उनी परेको श्रोतले बताएको छ । अहिले राष्ट्रिय सतर्कता केन्द्र सरकारी बेथिती र विकृती रोक्न लागि परेको अवस्थामा पछिल्लो समय काठमाडौं महानगपालिकामा कर्मचारीहरुको छड्के गरेर तालावाल खेलाइएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *